जनकपुरमा प्रहरी हिरासत मै थुनुवाले गरे आत्महत्या

बद्री नाथ झा, धनुषा । २०७८ साउन १५, शुक्रवार धनुषाको जनकपुरस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा एक थुनुवाले आत्महत्या गरेका छन् । बढदो अपराधको शृङ्खला संगै मानसिक तनावका कारण पनि हत्याको ग्राफ बढदो छ् । प्रहरी पनि सुरक्षाभन्दा आफ्नो व्यक्तिगत लाभमा केन्द्रित रहेको जनगुनासो रहेको छ् । कुटपिट अंगभंग मुद्दामा पक्राउ परेका लक्ष्मीनियाँ गाउँपालिका घर भएका […]

एक अर्ब माथिको करदाताको वृद्धि

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १५, शुक्रवार आर्थिक वर्ष २०७७/०७८ मा एक अर्ब वा सोभन्दा बढी राजस्व बुझाउने करदाताको संख्या थपिएको छ । विगत दुई वर्षमा कोरोना नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउन तथा निषेधाज्ञाका कारण अर्थतन्त्रमा ठूलो धक्का लागे पनि करको रुपमा ठूलो रकम तिर्नेको संख्या थपिएको हो ।यस्तै, आर्थिक वर्ष २०७६/७७ मा […]

साउन १५ अर्थात खिर खाने दिन !

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १५, शुक्रवार साउन १५ गते नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही-च्युरा र साउन १५ मा खिर खाने प्राचीनकाल देखिको नेपाली परम्परा छ ।साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर […]

शैक्षिक संस्था सञ्चालनका विषयमा सीसीएमसीको छलफल

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १५, शुक्रवार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शैक्षिक संस्था सञ्चालनका विषयमा विषयविज्ञ र सम्बद्ध निकायसँग बिहीबार छलफल गरेको छ । सहसचिव तथा सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाले सीसीएमसीका संयोजक बालानन्द शर्माको अध्यक्षतामा बसेको बैठकमा शिक्षासम्बन्धी संस्था, विषयविज्ञ र सम्बद्ध निकायसँग शैक्षिक संस्था सञ्चालनको सम्भावनाका विषयमा छलफल गरिएको जानकारी दिए […]

उपेन्द्र यादवले १८ महिनामा गर्न नसकेको काम १८ दिनमा गर्‍यौं : राजेन्द्र महतो

बद्री नाथ झा, जनकपुरधाम । २०७८ साउन १४, बिहिवार पूर्वमन्त्री राजेन्द्र महतोले उपेन्द्र यादवले १८ महिनामा गर्न नसकेको काम आफूहरुले १८ दिनमा गरेको दाबी गरेका छन् ।जसपा विभाजनपछि बिहीबार जनकपुरधाम आएका नेता महतोले १८ दिनभित्रै नागरिकता अध्यादेश ल्याएको, १४० जना उपर रहेको मुद्दा फिर्ता गराएको, संविधान संशोधनका लागि कार्यदल बनाएको बताए । नेता महतो आजै […]

प्रधानमन्त्री देउवाको मन्त्रिपरिषद २५ सदस्यीय हुने

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १४, बिहीवार सत्तारुढ गठबन्धनले मन्त्रिपरिषदको भागबण्डा मिलाएको छ। विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलले मन्त्रिपरिषदको भागबण्डा मिलाएको हो।प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रिपरिषदमा २५ सदस्य हुने सहमति सत्तारुढ गठबन्धनले गरेको छ। जसमा २२ मन्त्री र ३ राज्यमन्त्री रहनेछन्।सत्तारुढ गठबन्धनको विहीबार भएको बैठकमा प्रधानमन्त्रीसहित कांग्रेसले ८, माओवादी केन्द्रले ७ र जनता समाजवादी […]

सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालयको राष्ट्रपतिद्वारा उद्घाटन

मुलुक डेस्क, सिन्धुली । २०७८ साउन १३, बुधवार सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण गरेको युद्ध सङ्ग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। भण्डारीले बुधबार सिन्धुलीस्थित कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा सिन्धुलीगढीमा नेपाली सेनाद्वारा निर्मित सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको उद्घाटन गरेकी हुन्। सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्र, […]

सर्लाहीको ब्रह्मपुरीमा आमा र बच्चासहित ३ जनाको मृत्यु

कृष्ण सिंह, सर्लाही । २०७८ साउन १३, बुधवार सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा आमा र दुई बच्चासहित तीनजनाको डुबेर मृत्यु भएको छ । मृत अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ। स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको स्थानीयवासी सूर्यवंश चौधरीको पोखरीमा […]

प्रभुराम शर्मा कार्यवाहक प्रधानसेनापति नियुक्त

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १२, मंगलवार नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा कार्यवाहक प्रधानसेनापतिमा नियुक्त भएका छन् ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअनुसार शर्मा अब नेपाली सेनाको ४४औं प्रधानसेनापति बन्नेछन् ।सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार साउन २५ देखि लागु हुने गरी […]

गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन ।”गण्डकी प्रदेशको प्रदेश प्रमुखमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन नियुक्त ।”

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १२, मंगलवार सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरेको छ ।मंगलवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशको प्रदेश प्रमुखमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन नियुक्त भएका हुन् । मंगलबार नै मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेल र […]