मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १४, बिहीवार
सत्तारुढ गठबन्धनले मन्त्रिपरिषदको भागबण्डा मिलाएको छ। विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलले मन्त्रिपरिषदको भागबण्डा मिलाएको हो।प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रिपरिषदमा २५ सदस्य हुने सहमति सत्तारुढ गठबन्धनले गरेको छ।
जसमा २२ मन्त्री र ३ राज्यमन्त्री रहनेछन्।सत्तारुढ गठबन्धनको विहीबार भएको बैठकमा प्रधानमन्त्रीसहित कांग्रेसले ८, माओवादी केन्द्रले ७ र जनता समाजवादी पार्टीले ७ मन्त्रालय पाउने सहमति भएको बताइएको छ।गठबन्धनको एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिता विनानै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको बताइएको ।
विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलले माधव नेपाल पक्ष विना मन्त्रिपरिषदलाई पूर्णता दिने सहमती गरेको हो।एमालेको खनाल–नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी काँग्रेस, माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका हुन्।यसअघि गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने निर्णय गरेको थियो।
अहिले सरकारमा प्रधानमन्त्री देउवाले गृहमा बालकृष्ण खाँण, कानुनमा ज्ञानेन्द्र कार्की, अर्थमा जनार्दन शर्मा, उर्जामा पम्फा भुसाल र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरिसकेका छन्। हाल ६ सदस्यीय मन्त्रिपरिषद रहेको छ र बाँकी १९ सदस्यीय नियुक्त गर्न बाँकी छ।