May be an image of 1 person and outdoors

बद्री नाथ झा, धनुषा । २०७८ साउन १५, शुक्रवार

धनुषाको जनकपुरस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा एक थुनुवाले आत्महत्या गरेका छन् । बढदो अपराधको शृङ्खला संगै मानसिक तनावका कारण पनि हत्याको ग्राफ बढदो छ् । प्रहरी पनि सुरक्षाभन्दा आफ्नो व्यक्तिगत लाभमा केन्द्रित रहेको जनगुनासो रहेको छ् ।

कुटपिट अंगभंग मुद्दामा पक्राउ परेका लक्ष्मीनियाँ गाउँपालिका घर भएका थुनुवा पल्टु रबिदासले हिरासत कक्षमै आज विहान आत्महत्या गरेका हुन् । गञ्जीलाई पासो बनाएर भेन्टिलेशनको रडमा बाँधी झुण्डिएको प्रहरीले जनाएको छ ।

आत्महत्या गरेको घटना विषयमा अनुसन्धान सुरु गरेको प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.