“भ्रष्टाचार मिटाऊ देश बचाऊ” नारासहित जनमत पार्टीको बृहत रैली
२८ असार २०७ | मुलुक डेस्क | राजविराज , सप्तरी देशमा व्याप्त भ्रस्टाचार र बिसङतिको विरुद्ध डा. सि. के. राउतको जनमत पार्टीले प्रदर्शन एवं बिरोध गर्दै आएको छ । यसै क्रममा जनमत पार्टी जिल्ला समन्वय समिति सप्तरीले आइतवार भ्रष्टाचारको विरुद्धमा ‘भ्रष्टाचार मिटाऊ देश बचाऊ’को नारासहित बृहत रैली प्रदर्शन गरेको हो । राजविराज स्थित पार्टी कार्यालयबाट […]
संसदको दोस्रो पुनः स्थापनाको बारेमा विवेकशील पार्टीको धारणा !
२८ असार २०७८ } मुलुक डेस्क सर्वोच्च अदालतले दोस्रोपटक संसदलाई पुनःस्थापना गर्ने गरी गरेको निर्णयलाई विवेकशील पार्टी स्वागत गर्दछ। नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हो र यहाँ संविधान सर्वोच्च कानून हो। अदालतकाे निर्णय नेपाली नागरिकको पक्षमा छ र त्यसले गणतन्त्र लगायतको संवैधानिक प्रबन्धको संरक्षण गरेको छ। यद्यपि, लोकतन्त्रमा राज्य संचालन गर्ने लोकतान्त्रिक दलहरुले हुन्। जबसम्म दलहरु […]
सर्वोच्चद्वारा सांसद पुर्स्थापित । देउवालाई प्रधानमन्त्री बनाउन परमादेश
२८ असार २०७८ | मुलुक डेस्क “२८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश, ७ दिन भित्र प्रतिनिधि सभा बोलाउनू पर्ने ।” सर्वोच्च अदालतले दोस्रो पटक विघटन भएको प्रतिनिधिसभा पुर्स्थापित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्चले बदर गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेको हो । बहुमत सांसदको समर्थन […]
विवाहको ४ महिनामै नवविवाहिताको शंकास्पद मृत्यु
२८ असार २०७८ | मुलुक डेस्क धनुषामा एक नवविवाहिता युवतीको शंकास्पद मृत्यु भएको छ।धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर २ स्थित अञ्जु महतोको आइतबार साँझ आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए।सुनारका अनुसार साँझ ७ बजे अञ्जुको शव ओछ्यानमा फेला परेको हो, पासो पनि लागेको जस्तो डाम देखिएको छ […]
अमेरिकाले १५ लाख डोज खोप निःशुल्क प्रदान गर्दै । एक डाेज नै पर्याप्त
२८ असार २०७८ | मुलुक डेस्क कोभ्याक्समार्फत अमेरिकी सरकारले नेपाललाई प्रदान गरेको १५ लाख डोज खोप आज सोमबार बिहान नेपाल आइपुग्दै छ। कोभिड-१९ विरुद्धको जे एन्ड जे भ्याक्सिन बिहान ११ बजे कतार एयरवेजको नियमित उडानबाट त्रिभुवन विमानस्थलमा आइपुग्ने भएको हो।अमेरिकाले नेपाललाई जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप निःशुल्क प्रदान गरेको हो। यो खोप ब्रसेल्सबाट […]
इटली युरोकप–२०२० च्याम्पियन
२८ असार २०७८ | मुलुक डेस्क युरोकप–२०२० को च्याम्पियन इटली बनेको छ । सोमबार राति भएको फाइनलमा इटलीले इङ्ग्ल्यान्डलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै ५२ वर्षपछि दोस्रोपटक उपाधि उचालेको हो ।यसअघि इटलीले सन् १९६८ मा घरेलु मैदानमा उपाधि जितेको थियो । इङ्ल्यान्डको लन्डनस्थित वेम्ब्ली रंगशालामा भएको खेलमा निर्धारित ९० मिनेट र थपिएको समयमा १–१ बराबरी […]
देशभर मनसुनी वायुको प्रभाव कायमै
२८ असार २०७८ | मुलुक डेस्क मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १,बागमती प्रदेशका र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकि प्रदेशका थोरै स्थानहरुमा मेघघर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भैरहेको महाशाखाले जनाएको छ। आगामी तीन दिनको मौसम […]
प्रतिनिधिसभा विघटन: सर्वोच्च अदालतबाट आज फैसला आउने सम्भावना कति?
२८ असार २०७८ | मुलुक डेस्क प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनको अन्तिम निर्णय आजै आउने सम्भावना रहेको सर्वोच्च अदालतका सूचना अधिकारीले जनाएका छन्। प्रतिनिधिसभा विघटनसँग सम्बन्धित करिब अढाइ दर्जन रिट निवेदन सर्वोच्च अदालतमा परेका छन्। त्यसमध्ये प्रतिनिधिसभा विघटन बदर गर्न र विपक्षी दलका नेता शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिन […]
सीमा बन्दले बेटी रोटीको सम्बन्धमा असर परेको सिमा क्षेत्रका बासिन्दाहरुको दुखेसो
कृष्ण सिंह सर्लाही | २८ असार २०७८ कोभिड–१९ अर्थात् करोना भाइरसका कारण १५ महिनाभन्दा बढी समयदेखि नेपाल–भारत सीमा नाका बन्द गरिएको छ । गएको वर्षदेखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशमा लकडाउन गरेर अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेको थियो । तर अहिले लकडाउन खुले पनि सीमा नाकाहरु बन्द नै छन् । लामो समयदेखि सीमा […]
सर्लाहीबाट २ थान पेस्तोल र १७ राउण्ड गोलीसहित तीन जना पक्राउ
कृष्ण सिंह | २७ असार २०७८ सर्लाहीबाट हतियारसहित तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ब्रहमपुरी गाउँपालिका–४ त्रिभुवननगर बस्ने २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भन्ने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भन्ने इवरान रायभाट रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनीहरुलाई ब्रहमपुरी गाउँपालिका २ बाट २ थान पेस्तोल, त्यसमा […]