No description available.

२८ असार २०७ | मुलुक डेस्क | राजविराज , सप्तरी

देशमा व्याप्त भ्रस्टाचार र बिसङतिको विरुद्ध डा. सि. के. राउतको जनमत पार्टीले प्रदर्शन एवं बिरोध गर्दै आएको छ । यसै क्रममा जनमत पार्टी जिल्ला समन्वय समिति सप्तरीले आइतवार भ्रष्टाचारको विरुद्धमा ‘भ्रष्टाचार मिटाऊ देश बचाऊ’को नारासहित बृहत रैली प्रदर्शन गरेको हो । राजविराज स्थित पार्टी कार्यालयबाट निकालिएको प्रदर्शन र्‍याली नेता चौक पुगेर कोण सभामा परिणत गरिएको थियो ।

No description available.

कार्यक्रममा विभिन्न गाउँपालिका, नगरपालिकाबाट नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । कार्यक्रममा नेता तथा कार्यकर्ताहरुले ‘स्टप कर्पसन, भ्रष्टाचार बन्द गर, भ्रष्टाचार विरुद्ध एक हौ, भ्रष्टाचार मुक्त समाज निर्माण गरौं, भ्रष्टाचार मिटाऊ देश बचाऊ, भ्रष्ट नेता कर्मचारीलाई जेलमा बन्द गर’ लगायतका नाराहरु लगाएका थिए ।

स्थानीय निकाय तथा विभिन्न सरकारी कार्यालयहरुमा असारे बिकासको नाउँमा भैरहेको व्यापक आर्थिक अनियमितता एवं भ्रष्टाचार विरुद्ध जनमत पार्टीले गरेको यस बृहत रैलीबाट जनतामा निकै आशा पलाएको जनमत पार्टीका नेताहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published.