May be an image of 14 people, people standing and text that says 'UEFA EHRO 2020'

२८ असार २०७८ | मुलुक डेस्क

युरोकप–२०२० को च्याम्पियन इटली बनेको छ । सोमबार राति भएको फाइनलमा इटलीले इङ्ग्ल्यान्डलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै ५२ वर्षपछि दोस्रोपटक उपाधि उचालेको हो ।यसअघि इटलीले सन् १९६८ मा घरेलु मैदानमा उपाधि जितेको थियो ।

इङ्ल्यान्डको लन्डनस्थित वेम्ब्ली रंगशालामा भएको खेलमा निर्धारित ९० मिनेट र थपिएको समयमा १–१ बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।खेलको सुरुवाती दोस्रो मिनेटमै ल्युकशको गोलले इङ्ग्ल्यान्डले अग्रता लिएको थियो ।

तर दोस्रो हाफमा खेलको ६७औं मिनेमा इटलीका लिओनार्दो बोनुचीले बराबरी गोल गरे । बराबरको गोलको कारण खेल टाइब्रेकरमा पुग्यो। र अन्ततः इटली ३-२ गोल अन्तरले विजयी भयो ।सन् १९६० देखि हरेक ४-४ वर्षमा हुँदै आइरहेको युरोकपको अर्को संस्करण अब जर्मनीले २०२४ मा आयोजना गर्नेछ ।

Leave a Reply

Your email address will not be published.