May be a closeup of indoor

२८ असार २०७८ | मुलुक डेस्क

धनुषामा एक नवविवाहिता युवतीको शंकास्पद मृत्यु भएको छ।धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर २ स्थित अञ्जु महतोको आइतबार साँझ आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए।सुनारका अनुसार साँझ ७ बजे अञ्जुको शव ओछ्यानमा फेला परेको हो, पासो पनि लागेको जस्तो डाम देखिएको छ ।

घटना शंकास्पद देखिन्छ छ पोस्टमार्टम रिपोर्टपछि थप कुरा खुल्ने उनको भनाइ थियोे । परिवारजनले अञ्जुले आत्महत्या गरेको बताएको छ। यता माइत पक्षले घरपरिवार मिलेर छोरी अञ्जुको हत्या गरेको दावी गरेको छ।

घटनास्थलको प्रकृतिले अञ्जु आत्महत्या नगरेको र घरपरिवार नै मिलेर घाँटी थिचि हत्या गरेको उनको बुबा महोत्तरीको गौशाला नगरपालिका १० भरतपुर बस्ने रामजत महतोको आरोप छ।अञ्जुको विवाह गएको फागुन २० गते रामवृक्ष महतोसँग भएको थियो। विवाहपछि परिवारजनले यस्तो बुहारीले घर नचल्ने कुरा माइत पक्षलाई पटक पटक सुनाएको आरोप छ।

घटनाको सुक्ष्म अनुसन्धान गरी छोरीलाई हत्या गर्ने दोषीहरुलाई कारबाही गर्न माइती पक्षले माग गरेका छन्। अञ्जुको शवलाई सोमबार बिहान पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *