रामेछापकि २६ वर्षीय विनिता खड्का कांग्रेसमा केन्द्रीय सदस्यमा उम्मेदवार

मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर २४, शुक्रवार काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा विनिता खड्काले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि बनेकी खड्काले बिहीवार उम्मेदवारी दिने घोषणा गरेकी हुन । उनि जम्मा २६ वर्षकी भएकी छन् । नेविसंघको पृष्ठभुमिबाट आएकी खड्काले खस आर्यतर्फको महिला कोटाबाट उम्मेदवारी दिन लागेकी […]

कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ मतदाता

मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर २५, शनिवार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा ४ हजार ७४३ मतदाता हुने भएका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशित गरेको छ। समितिले प्रकाशन गरेको मतदाता नामावलीमा ४ हजार ७४३ प्रतिनिधि कायम गरिएको छ। कांग्रेसले सातै प्रदेश, जनसम्पर्क समिति लगायतबाट प्रतिनिधि चयन गरेको हो। यिनै प्रतिनिधिले नेतृत्व […]

वालगुरु षडानन्द जन्म जयन्तीमा राष्ट्रिय विभुति घोषणाको माग

वीरेश राई, संखुवासभा । २०७८ मंषिर २३, बिहीवार भोजपुर । भोजपुरको दिङ्लामा वालगुरु षडानन्द अर्थात् १०८ आवाल ब्रम्हाचारी षडानन्द अधिकारीको १८७ औं जन्म जयन्ती मनाईएको छ । षडानन्द सीताराम गुठी व्यवस्थापन संस्थाले औपचारिक कार्यक्रम आयोजना गरि १८७ औं जन्म जयन्ती कार्यक्रकम आयोजना गरेको हो । कार्यक्रममा विभिन्न झाँकी प्रर्दशनका साथै विद्यालयहरुका विद्यार्थीहरुले कार्यक्रममा मार्चपास र […]

डा. अमरेश सर्लाही कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

कृष्ण सिंह, सर्लाही । २०७८ मंषिर २२, बुधवार नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ६ प्रदेशमा प्रदेश सभा अधिवेशन सम्पन्न भइसकेका बेला सर्लाहीमा हिजो देखि क्षेत्रीय अधिवेशन सुरु भएको हो । सर्लाहीमा यश अघि तीन जना जिल्ला निर्वाचन अधिकृतले अधिवेशन गराउन नसक्ने भन्दै राजीनामा दिएपछि कांग्रेसको केन्द्रीय निर्वाचन समितिले चौथो निर्वाचन अधिकृत खटाएको थियो । चारवटा निर्वाचन […]

सप्तरीको छिनमस्ताका उपाध्यक्षले अध्यक्षको दाँत भाँचे

मुलुक डेस्क, सप्तरी । २०७८ मंषिर २१, मंगलवार सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डलमाथि उपाध्यक्ष उषाकुमारी मण्डलले कुर्सीले कुटेर दाँत भाँचेकी छन् । किसानलाई गहुँको विऊ वितरण कसरी वितरण गर्ने भन्ने विषयमा अध्यक्ष मण्डलले आज दिउँसो कार्यपालिका बैठक डाकेका थिए । बैठकमा विवाद चर्केपछि अध्यक्ष मण्डल बाहिर निस्किन लाग्दा उपाध्यक्ष मण्डलले कुर्सी प्रहार गरेकी थिईन् […]

क्यानभासमा “सत्यमोहन बा”

संजीव सिंह, ललितपुर । २०७८ मंषिर २०, सोमवार जिउँदो इतिहास, युग पुरुष एवं वाङ्मय शताब्दी व्यक्तित्व डा. सत्यमोहन जोशीको लाइभ पोट्रेट सम्बन्धि क्यानभासमा “सत्यमोहन बा” को प्रदर्शनी आजबाट सुरुवात भएको हो। ललितपुरको पाटनस्थित बखुम्बहालमा सत्यमाेहन जाशीकाे निवासमा रहेकाे लाेक साहित्य भवनमा क्यानभासमा “सत्यमोहन बा” भन्ने शिर्षकमा प्रदर्शनीको सुरुवात भएको हो । १०३ वर्षीय युग श्रष्टा […]

राप्रपाको महिला महामन्त्रीमा कुन्ती शाही विजयी

मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर १९, आइतवार राप्रपाको महिला महामन्त्रीमा कुन्ती शाही विजयी भएकी छन् । कमल थापाको समूहबाट उनी महामन्त्रीमा पदमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको समूहबाट महामन्त्री पदमा उठेकी रेखा थापा भने पराजित भएकी छन् । शाहीको पक्षमा २५०० मतको विरुद्धमा थापाले १६४० मत प्राप्त गरिन् ।

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन

मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर १९, आइतवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतवार बिहान सम्पन्न मतपरिणामबाट कमल थापालाई २ सय २७ मतले पछि पार्दै लिङ्देन विजयी भएका हुन्। लिङ्देनले एक हजार ८४४ मत ल्याएर वियजी हुदा कमल थापाले एक हजार ६ सय १७ मत प्राप्त गरेका […]

कांग्रेसको महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर १४, मंगलवार काठमाडौं । कांग्रेसको १४ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ । केन्द्रीय निर्वाचन समितिले प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका प्रकाशित गरेको हो । यसअघि निर्वाचन समितिले उद्घाटन समारोह पहिल्यै देखि निर्वाचन कार्यक्रम अघि बढाउने तयारी गरेको थियो । तर, सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता […]

नेपाली कांग्रेसको १४ औं महाधिवेशन: ५२ जिल्लाको परिणाम, पौडेल पक्ष हावी ।

मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर १४, मंगलवार काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५३ जिल्लाका सभापतिको नतिजा आएको छ । जसमध्ये संस्थापन अर्थात् सभापति शेरबहादुर देउवानिकट २३ जना सभापतिहरू निर्वाचित भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर समूहले २६ जिल्लामा […]