कृष्ण सिंह, सर्लाही । २०७८ मंषिर २२, बुधवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ६ प्रदेशमा प्रदेश सभा अधिवेशन सम्पन्न भइसकेका बेला सर्लाहीमा हिजो देखि क्षेत्रीय अधिवेशन सुरु भएको हो ।

सर्लाहीमा यश अघि तीन जना जिल्ला निर्वाचन अधिकृतले अधिवेशन गराउन नसक्ने भन्दै राजीनामा दिएपछि कांग्रेसको केन्द्रीय निर्वाचन समितिले चौथो निर्वाचन अधिकृत खटाएको थियो । चारवटा निर्वाचन क्षेत्र भएको सर्लाहीमा मंगलबार दुई वटा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको छ भने बाँकी दुईमा बुधबार अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।

सर्लाही-४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा. अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सिंहले २४८ मत पाएका हुन् । प्रदेश-२ का मन्त्री वीरेन्द्र प्रसाद सिंहको समूह विजयी भएको हो । मन्त्री सिंहको प्यानलले ५०० बढी मत ल्याएको छ् ।
सर्लाही-२ मा दुवै सिंहबीचको टकरावले अधिवेशन प्रभावित हुँदै आएको हो । प्रदेश-२ का मन्त्री सिंह संस्थापन समूह निकट हुन् ।

निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधि विजयी हुनेमा प्रत्यक्ष खुलातर्फ वीरेन्द्रप्रसाद सिंह, सुरेन्द्रप्रसाद सिंह, कौशलकिशोर सिंह, राजेश्वरप्रसादसिंह, उपेन्द्र कुशवाहा, रघुवीर कार्की, दिनेशकुमार रायमाझी, केशवकुमार खड्का, अजितकुमार सिंह र शिवशंकर रिजाल रहेका छन् ।

त्यस्तै चार प्रत्यक्ष महिलातर्फ रेखा देवी, उषा देवी, किरण शर्मा र देवी सिन्हा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । महिला मधेशीतर्फ महाधिवेशन प्रतिनिधिमा रेखा कुमारी देवी, सुनैना देवी र अमृती कुमारी साह विजयी भएका छन् ।

प्रत्यक्ष मधेशी पुरुषतर्फ श्यामसुन्दर यादव, लक्ष्मी नारायण महतो, लालबाबु यादव र नन्दलाल महतो महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । २५ महाधिवेशन प्रतिनिधिमा दलिततर्फ दुलम दास र मुस्लिमतर्फ दोस्त महम्मद निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *