
मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर २५, शनिवार
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा ४ हजार ७४३ मतदाता हुने भएका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशित गरेको छ। समितिले प्रकाशन गरेको मतदाता नामावलीमा ४ हजार ७४३ प्रतिनिधि कायम गरिएको छ।
कांग्रेसले सातै प्रदेश, जनसम्पर्क समिति लगायतबाट प्रतिनिधि चयन गरेको हो। यिनै प्रतिनिधिले नेतृत्व चयनका लागि मतदान गर्न पाउनेछन्।