
वीरेश राई, संखुवासभा । २०७८ मंषिर २३, बिहीवार
भोजपुर । भोजपुरको दिङ्लामा वालगुरु षडानन्द अर्थात् १०८ आवाल ब्रम्हाचारी षडानन्द अधिकारीको १८७ औं जन्म जयन्ती मनाईएको छ । षडानन्द सीताराम गुठी व्यवस्थापन संस्थाले औपचारिक कार्यक्रम आयोजना गरि १८७ औं जन्म जयन्ती कार्यक्रकम आयोजना गरेको हो ।
कार्यक्रममा विभिन्न झाँकी प्रर्दशनका साथै विद्यालयहरुका विद्यार्थीहरुले कार्यक्रममा मार्चपास र पिटि प्रर्दशन गरेका थिए । षडानन्द माध्यमिक विद्यालयको प्राङगणबाट सुरु भएको रयाली नारायण चौर, मन्दिर, षडानन्द अधिकारीको शालिकसँगै बजार परिक्रमा गरि दिङ्ला भलिबल ग्राउण्डमा औपचरिक कार्यक्रम गरि कार्यक्रम समापन भएको थियो । कार्यक्रममा षडानन्द मावि, अरुण मावि ,भगवति मावि, न्यू समिट इङ्लिस बोर्डिङ स्कुल, सरस्वती अधारभुत विद्यालयले मार्चपास र पीटी पर्दर्शनमा सहभागिता जनाएका थिए । कार्यक्रममा लाखे, संगिनी,पञ्चेबाजा साथै साँस्कृतिक कार्यक्रमपनि प्रस्तुत गरिएको थियो ।
।
कार्यक्रममा विभिन्न राजनीतिक दल तथा संघ संस्थाका पदाधिकारीहरुले १०८ आवाल ब्रम्हाचारी षडानन्द अधिकारीलाई चाँडो भन्दा चाँडो राष्ट्रिय विभुति घोषणा गर्नुपर्ने माघ गरेका थिए । कार्यक्रममा विशेष अतिथि समेत रहेका सुकुम्बासी समाधान आयोगका पुर्व अध्यक्ष ऋषिराज लुम्सालीले सरकारले राष्ट्रिय विभुति घोषणा गर्न ढिला गरेकोले अव अन्तराष्ट्रिय विभुति घोषणा गर्नको लागि पहल गर्ने समय आएको वताए । कार्यक्रमका प्रमुख अतिथि तथा षडानन्द नगरपालिकाका प्रमुख विरवल राईले कार्यक्रमलाई सम्वोधन गर्दै षडानन्द गुरुलाई चाँडै सरकारले विभुति घोषणा गर्ने वताए।