शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको दशौं वर्षिकोत्स।

मुलुक डेस्क, भक्तपुर । २०७९ बैशाख १४, बुधवार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले आइतवार ११ गते दशौं वर्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रमा वार्षिक अधिकतम २००जनाको मिर्गौला प्रत्यारोपण हुने गरेको तर ४०० जना मृर्गौला प्रत्यारोपणको लागि प्रतिक्षारत रहेको भन्दै उहाँहरु सबैको प्रत्यारोपण गर्न कम्तीमा २ वर्ष […]

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्दमा थप दुई जनाको कलेजो प्रत्यारोण ।

मुलुक डेस्क, भक्तपुर । २०७८ चैत्र २२, मंगलवार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा यही चैत्र २० र २१ गते गरी दुई जनाको कलेजो प्रत्यारोपण गरिएको छ । नेपालमै पहिलो पटक वि.सं. २०७२ मंशीरमा कलेजो प्रत्यारोपण गरेको यस केन्द्रले हाल सम्म ८ जनाको कलेजो प्रत्यारोपण गरेको छ जसमाब७ जना स्वस्थ्य व्यक्तिबाट र १ जना मस्तिष्क मृत्यू […]

भारतको सहयोगमा भोजपुरमा महात्मा गान्धी मेमोरियल अस्पतालको निर्माण ।

मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र ०३, बिहिवार भारत सरकारको आर्थिक सहयोगमा भोजपुरको षडानन्द नगरपालिकामा महात्मा गान्धी मेमोरियल अस्पतालको उद्घाटन गरिएको छ। सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पाले २ करोड २६ लाखको लागतमा निर्माण गरिएको अस्पताल भवनको बिहीबार संयुक्त रुपमा उद्घाटन गरे। उद्घाटन समारोहमा दूतावासका अधिकारी तथा स्थानीय सरकारका प्रतिनिधिहरुको […]

विविध कार्यक्रमका बीच विश्व मृगौला दिवस २०७८ मनाइयो ।

मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र ०२, बुधवार विश्व मृर्गौला दिवस विविध कार्यक्रम गरी नेपालमा पनि मनाइएको छ । हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाइने गरिन्छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, स्वास्थ्य अभियान नेपाल र अंग प्रत्यारोपण समाज नेपालले संयुक्त रुपमा कार्यक्रम गरी विश्व मृगौला दिवस मनाइएको हो । यस वर्षको […]

प्रधानमन्त्रीसहित मन्त्रीहरुले मृत्यू पश्चात अंगदान गर्ने ।

मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र ०१, मंगलवार मृत्युपश्चातआफ्नो शरीरको अंगदान घोषणा गरेका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको प्रस्तावमा मिति २०७८ फाल्गुन २६ गते बिहीबार भएको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्री तथा सबै मन्त्रीले मृत्यू पश्चातअंगदान गर्ने निर्णय भएको शहीदधर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरद्वारा जारी प्रेस विज्ञप्तीले जनाएको छ् । यस ऐतिहासिक कार्यबाट करीब ३ करोड […]

टेकु अस्पताल कोरोनामय, खोप कार्यक्रम स्थगित ।

मुलुक डेस्क, काठमाडौं । २०७८ माघ ०९, आइतवार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत ५० भन्दा बढीलाई कोरोना संक्रमण भएको छ् ।अस्पतालले आइतबार सूचना जारी गर्दै माघ १० देखि माघ १६ सम्मका लागि खोप कार्यक्रम स्थगित गरिएको जानाएको छ। अस्पतालमा कार्यरत अत्याधिक व्यक्ति कोरोना संक्रमीत भएपछि एक हप्ताका लागि कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम […]

किड्नी समस्याग्रस्त बालिकालाई रु ५० हजार सहयोग ।

राम अधार साह, महोत्तरी । २०७८ पौष २९, बिहीवार महोत्तरीको मनराशिसवा नगरपालिका वडा न. ६ सरपल्लो बस्ने नरेश ठाकुरकाे ४ वर्षिय छोरी अन्किता कुमारी ठाकुरको किड्नी संवंधित समस्याको उपचार्थमा सोहि नगरपालिकामा कार्यरत ई. रमेशकुमार साहले आर्थिक सहयोग गरेका छन । आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले थप उपचार गराउन असमर्थ नरेश ठाकुरले बिगतमा सवैमा सहयोगको अपिल […]

नेपाल मेडिकल कलेजमा नि:शुल्क सेवा! पत्रकार तथा पत्रकार परिवारलाई २५% छुट

मुलुक डेस्क, काठमाडौं । २०७८ पौष १३, मंगलवार जोरपाटी अन्तरखेलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले इमर्जेन्सी, ओपीडी र जनरल बेडको निःशुल्क सेवा दिने भएको छ । सोमबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका प्रबन्ध निर्देशक बसुरुद्दिन अन्सारीले पौष १५ गतेदेखि माघ १५ सम्म उक्त सेवा दिइने बताएका हुन् । असहाय, गरिब, निमुखा, टुहुरा, विपन्न वर्ग, एकल […]

महोत्तरी रामगोपालपुरमा जानकी एकेडेमिक अस्पताल संचालन

राम अधार साह, महोत्तरी । २०७८ मंषिर २८, मंगलवार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले महोत्तरी रामगोपालपुर नपा ९ स्थित जानकी एकेडेमिक हस्पिटल प्रा ली को आज उदघाटन गरेको छ् । यादवले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बाट टाढा रहेको यस भागका जनतालाई सुलभ र बिश्वसनिय सेवा उपलब्ध गराउने बिश्वास व्यक्त गरे । सरकारले समेटन नसकेको […]

सर्लाही गोडैतामा स्वास्थ्य शाखामा स्थायी वन्ध्याकरण सम्पन्न

कृष्ण सिंह, सर्लाही ।२०७८ मंषिर १६, बिहीवार सर्लाहीको गोडैता स्वास्थ्य शाखाले आयोजना गरेको स्थायी वन्ध्याकरण शिविरबाट २ सयभन्दा बढी महिलाहरुले मिनिल्याप गराएका छन् । परिवार नियोजन तथा प्रजनन स्वास्थ्य कार्यक्रम अन्तर्गत गोडैता नगरपालिकाको सिसौटिया स्वास्थ्य चौकीमा संचालित नि:शुल्क एकीकृत बृहत् परिवार नियोजन शिविरमा २१३ जना महिलाहरुले मिनिल्याप गराएको स्वास्थ्य संयोजक प्रमोद पंडितले जनाएको छ । […]