
मुलुक डेस्क, काठमाडौं । २०७८ माघ ०९, आइतवार
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत ५० भन्दा बढीलाई कोरोना संक्रमण भएको छ् ।अस्पतालले आइतबार सूचना जारी गर्दै माघ १० देखि माघ १६ सम्मका लागि खोप कार्यक्रम स्थगित गरिएको जानाएको छ।
अस्पतालमा कार्यरत अत्याधिक व्यक्ति कोरोना संक्रमीत भएपछि एक हप्ताका लागि कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम पनि स्थगित गरिएको छ ।
अस्पतालमा कोभि-१९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू गरी ५० जनाभन्दा बढीमा कोभिड-१९ संक्रमण देखिएकाले खोप कार्यक्रम स्थगित गरिएको अस्पतालले जनाएको छ ।
