मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र ०१, मंगलवार

मृत्युपश्चातआफ्नो शरीरको अंगदान घोषणा गरेका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको प्रस्तावमा मिति २०७८ फाल्गुन २६ गते बिहीबार भएको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्री तथा सबै मन्त्रीले मृत्यू पश्चातअंगदान गर्ने निर्णय भएको शहीदधर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरद्वारा जारी प्रेस विज्ञप्तीले जनाएको छ् ।

यस ऐतिहासिक कार्यबाट करीब ३ करोड नेपालीलाई अंग दान गर्न प्रत्साहान मिल्ने भएकाले यस पुनीत कार्यमा नेपाल सरकार मन्त्रिपरिषदप्रति हार्दिक कृतज्ञता ज्ञापन समेत गरेको छ् । सो प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्नको लागि यस शहीदधर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले पहल गरेका थिए।

स्वास्थ्य सेवादिवस २०७८ को अवसर पारी स्वाथ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडा र मुख्यसचिव शंकरदाश बैरागीले पनिअंगदानको घोषणा गरेका थिए साथै स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङ्गर, स्वास्थ्य सचिव देवकुमारी गुरागाँइले पनि मृत्यू पश्चात अंगदान गर्ने बताए ।

५० वर्षभन्दा माथि उमेर समूहका नागरिकहरुको मृगौला, कलेजो, मुटु लगायत अन्य रोगसम्बन्धी परीक्षणहरु सरकारले नियमित रुपमा वर्षको एकपटक निशुल्क रुपमा गर्ने निर्णय पनि गरेको छ। यसको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव अघि सारेको थियो ।

हल सम्म झण्डै २५०० जनाले मृत्यू पश्चात अंगदानको घोषणा गरी सकेका छन भने करीब ४०० जनाले मस्तिष्क मृत्यू पश्चात अंग प्राप्त गरी प्रत्यारोपण गर्नका लागि पर्खाइमा छन् । हालसम्म ३ जना मस्तिष्क मृत्यू भएका व्यक्तिबाट ६ जनाको मृर्गौला र १ जनाको कलेजो प्रत्यारोपण भएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा समाजसेवी नरोत्तम बैद्य तथा अमेरिकामा कार्यरत नेपाली चिकित्सक डा. वाङ्दी शेर्पाले आफ्नो अनुभव सुनाएका थिए ।
अंगदानको लागि थप सम्पर्क गर्न यस केन्द्रमा ट्रन्सप्लान्ट कोर्डिनेटर विभागमा सम्पर्क गर्न सकिने व्यवस्था छ र त्यस्तै केन्द्रको वेवसाइटबाट अंगदानफर्म डाउनलोड गरी अंगदान गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *