
राम अधार साह, महोत्तरी । २०७८ मंषिर २८, मंगलवार
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले महोत्तरी रामगोपालपुर नपा ९ स्थित जानकी एकेडेमिक हस्पिटल प्रा ली को आज उदघाटन गरेको छ् । यादवले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बाट टाढा रहेको यस भागका जनतालाई सुलभ र बिश्वसनिय सेवा उपलब्ध गराउने बिश्वास व्यक्त गरे ।
सरकारले समेटन नसकेको ग्रामीण भेगमा स्थापना भएको यो अस्पतालले जनताको स्वास्थ्य उपचारमा सहज पहुचको चाहना पूरा गर्नेमा आफू बिस्वश्त रहेको अध्यक्ष यादवको कथन थियो ।
कार्यक्रमका बिशिष्ट अतिथी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले २०० बेडको यो अस्पतालले यस भेगको जनताको स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्याउने बिश्वास ब्यक्त गर्दै स्वास्थ्य उपचारलाई सस्तो र सर्ब सुलभ बनाउन सुझाव दिए ।

अस्पतालका संचालक समेत रहेका पुर्व स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवको अध्यक्षता भएको कार्यक्रममा जसपा नेपालका प्रदेश २ अध्यक्ष तथा संघीय सांसद राम बाबू यादव, आन्तरिक मामिला तथा सन्चारमन्त्री भरत साह, समाजिक विकासमन्त्री नवल किशोर साह, पुर्व कृषिमन्त्री हरि नारायण यादव, प्रदेश सदस्य कौशल यादव, संजय यादव लगायतका विभिन्न पार्टिका नेताहरुको उपस्थित रहेको थियो।