
राम अधार साह, महोत्तरी । २०७८ पौष २९, बिहीवार
महोत्तरीको मनराशिसवा नगरपालिका वडा न. ६ सरपल्लो बस्ने नरेश ठाकुरकाे ४ वर्षिय छोरी अन्किता कुमारी ठाकुरको किड्नी संवंधित समस्याको उपचार्थमा सोहि नगरपालिकामा कार्यरत ई. रमेशकुमार साहले आर्थिक सहयोग गरेका छन ।

आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले थप उपचार गराउन असमर्थ नरेश ठाकुरले बिगतमा सवैमा सहयोगको अपिल गरेको थियो । सहयोगको हातहरु बढने क्रममै रमेश लगायत मलेसियामा कार्यरत उनका साथीहरू बिरेन्द्र साह, रंजित मंडल, बिनय महतो, बिनोद मंडल सहितले रु ५० हजारको आर्थिक सहयोग गरेका छन ।
सेवा र सहयोग नै मानव धर्म हो भन्ने मुल मर्मका साथ समाजसेवी विजय कुमार मण्डलले सम्पुर्ण नेपालीसंग थप उपचारार्थ सहयोगका लागि अपील गरेका छन। साथै ई. रमेश लगायत उनका साथीहरूले प्रदेश २ को “बेटी बचाउँ बेटी पढाउँ” कार्यक्रम अन्तर्गत सहयोगको अपेक्षा सहित पहल गरेको छ् ।
नरेश ठाकुर (9828000392)
खाता न. (15010000859010)
राष्ट्रिय वाणिज्य बैक, बलवा, महोत्तरी