मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र ०२, बुधवार

विश्व मृर्गौला दिवस विविध कार्यक्रम गरी नेपालमा पनि मनाइएको छ । हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाइने गरिन्छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, स्वास्थ्य अभियान नेपाल र अंग प्रत्यारोपण समाज नेपालले संयुक्त रुपमा कार्यक्रम गरी विश्व मृगौला दिवस मनाइएको हो ।

यस वर्षको नारा ‘मृगौला स्वास्थ्य सबैका लागि’ रहेको थियो। दशरथ रंगशालामा आयोजना गरिएको यस वर्षको विश्व मृगौला दिवस कार्यक्रममा अंग दान शिविर, अंगदान तथा अंग प्रत्यारोपण सम्बन्धी अन्तक्र्रिया कार्यक्रम गरिएको थियो । साथै बाह्रो प्रत्यारोपण खेलकुद लागयतका विभिन्न कार्यक्रमसहित समापन गरिएको थियो।

अंगदान शिविरबाट १४५ जनाले आफ्नो मृत्यु पछिको अंगदानका लागि नाम लेखाएको केन्द्रकी कन्सलटेन्ट नेफ्रोलोजिस्ट डा. कल्पना श्रेष्ठले जानकारी गराईन ।
त्यस्तै कार्यक्रममा अंग प्रत्यारोपित व्यक्तिहरु तथा चिकित्सक, समाजसेवी, कलाकार सहितको टोलीबीच भएको फूटबल प्रतियोगिता भएको थियो । फुटबल ३–३ गोलको बराबरीमा सकियो ।

विश्व मृर्गौला दिवसमा आयोजित प्रभातफरी कार्यक्रमको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा शिक्षा मन्त्री देवेन्द्र पौडेलले गरे ।
साथै मन्त्री खतिवडाले फुटबल खेलेर फुटबल प्रतियोगिताको पनि उद्घाटन गरे । प्रत्यारोपण खेलकुदमा विशेष अतिथीहरु शिक्षामन्त्री देवेन्द्र पौडेल, शहरी विकास मन्त्री राम कुमारी झाँक्री सहभागी थिए । बरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसमेत प्रत्यारोपण खेलकुदमा कार्यक्रममा उपस्थित थियोे । स्वास्थ्य सचिव देवकुमारी गुरागाईँ, प्रमुख विशेषज्ञ गुणराज लोहनी, विभिन्न अस्पतालका चिकित्सक लगायतको उपस्थिति थियो ।

अन्तक्रिया कार्यक्रममा उद्घाटन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङले गरे। कार्यक्रममा बोल्दै प्रमुख अतिथी मन्त्री खतिवडाले मिर्गौला पीडितका लागि सरकार संवेदनशील रहेको बताए । यसमा सरकारले विशेष ध्यान दिने प्रतिवद्धता उनले व्यक्त गरे । स्वास्थ्य सचिव गुरागाईँले राष्ट्रिय प्रत्यारोपण केन्द्रले चलाएको अभियानको सह्राना गरे । यस्ता अभियान आगामी दिनमा पनि चलाउनु पर्ने गुरागाईँले बताए ।

स्वास्थ्य राज्य मन्त्रीले विश्व मृगौला दिवसको अवसरमा शुभकामना दिंदै सबैले स्वस्थ जीवन शैली अपनाई समय समयमा आफ्नो स्वास्थ्य जांच गराउनु पर्ने कुरामा जोड दिए ।

यस कार्यक्रममा विशिष्ठ व्यक्तित्वहरुबाट अंगदान गरिनुका साथै स्वास्थ्य मन्त्री, मूख्यसचिव, स्वास्थ्य सचिव लगायत अन्य विशिष्ठ व्यक्तित्वहरुलाई अंगदाना कार्ड समेत वितरण गरियो ।
स्थापनाको ९ वर्षमा ८२१ जनाको मिर्गौला प्रत्यारोपण, ६ जना को सफल कलेजो प्रत्यारोपण तथा मस्तिस्क मृत्यु भएको व्यक्तिबाट समेत अंग प्रत्यारोपण गरिसकेको राष्ट्रिय प्रयारोपण केन्द्रले हरेक वर्ष विभिन्न सन्देशका साथ विश्व मृगौला दिवस मनाउँदै आएको छ ।
गैर नाफामूलक संस्था स्वास्थ्य अभियान नेपालले र अंग प्रत्यारोपण समाज नेपालले अंग फेल हुनबाट बचाउन तथा अंगदान सम्बन्धि सेवा तथा जनचेतना जगाउने कार्यक्रमा आफ्नो स्थापनाकाल देखि नै यस केन्द्र सँग हातेमालो गर्दै आएको छ ।

विश्व भरि नै मृगौला तथा विभिन्न अंग फेल हुने समस्याले बिकराल रुप लिइरहेको अवस्थामा यस्तो दिवस मनाउनु समय सापेक्ष हुनाका साथै सर्वसाधारण जनतामा स्वस्थ जिवन शैली तथा अंग दान सम्बन्धि जनचेतनामा अभिवृद्दि हुने विश्वास लिइएको केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले उद्दृत गरे ।

विभिन्न आर्थिक, सामाजिक, तथा जैविक कारणहरुले गर्दा पुरुष भन्दा महिलाहरुमा यसै पनि दिर्घकालिन मृगौला रोग लाग्ने बढी सम्भावना हुन्छ । परिवार, समाज तथा देश बिकाश मै महिलाहरुको ठुलो योगदान रहेको हुँदा, यी सबै तत्वहरुलाई समयमै पहिचान गरि, लैंगिक बिभेद हटाइ महिलाहरुको मृगौला तथा समग्र स्वास्थ्यमै केन्द्रित हुनुपर्ने सन्देशका साथ् यस बर्षको मृगौला दिवस मनाइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *