प्रेस मञ्च नेपाल सर्लाही शाखाकाे तेस्राे जिल्ला अधिबेसन सम्पन्न ।

कृष्ण सिंह, सर्लाही । २०७९ फाल्गुन १९, शुक्रवार प्रेस मञ्च नेपाल सर्लाही शाखाकाे तेस्राे जिल्ला अधिवेशन सम्पन्न भएकाे छ । अधिवेसनले नाैं सदस्यीय कार्य समिति चयन गरेकाे छ । अधिवेसन जिल्ला समन्वय समितिकमे सभाहलमा सम्पन्न भएको हो । राज्यबाट पछाडि पारिएका समुदायकाे पहिचान तथा सशक्तीकरण तथा संघियताकाे मुद्दालाई संस्थागत गर्न पत्रकारहरू निष्पक्ष भएर कलम चलाउनु […]

रौतहटमा शिक्षकद्वारा विद्यार्थी कुटिए !

प्रमोद सहनी, रौतहट । २०७९ फाल्गुन १८, बिहिवार रौतहटको जय किसान उच्च माविका प्रधानाध्यापक सञ्जय गुप्ताबाट जय किसान बहुप्राबिधिकका एक विद्यार्थी कुटिएको छ । रौतहटको भूमध्य भागमा रहेको जय किसान बहुप्राविधिक शिक्षालयका कृषि वाली विज्ञान संकायमा अध्यनरत बिधार्थी सुजित कुमार यादवलाई जय किसान उच्च माविका प्रधानाध्यापक, परीक्षा सहनिर्देशक सञ्जय गुप्ता र देवाहि गोनाही नगरपालिकाका शिक्षा […]

प्रेस मञ्च नेपालको मधेस प्रदेश संयोजकमा यादव र महासचिवमा झा

कृष्ण सिंह, सर्लाही । २०७९ फाल्गुन १४, आइतवार जनता समाजवादी पार्टी नेपाल (जसपा) निकट पत्रकारहरको संगठन प्रेस मञ्च नेपालको मधेस प्रदेश संयोजकमा अमरेन्द्रकुमार यादव, सह-संयोजकमा रामहृदय यादव, महासचिवमा बन्दना झा चयन भएको छ । यसैगरी कोषाध्यक्षमा माला राय र सदस्यहरुमा क्रमशः अर्जुन मण्डल, जितेन्द्रसिंह दनुवार, प्रेम चौहान, अरबिन्दकुमार महतो, राजकुमार पासवान, स्मृति मिश्रा, कुलदिप दास […]

आकस्मिक विदा घोषणा गरेको दिन पनि बैंक खुल्ने

मुलुक डेस्क, काठमाडौं । २०७९ फाल्गुन १३, शनिवार सरकारले दिने आकस्मिक बिदाका दिन अब बैंक तथा वित्तीय संस्था बन्द गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै शुक्रबार यस्तो प्रावधान ल्याएको हो । अब राष्ट्र बैंकले […]

भ्रष्टाचार सूचकाङ्कमा डेनमार्कमा सबैभन्दा कम भ्रष्टाचार र नेपाल ११०औं स्थानमा?

मुलुक डेस्क, काठमाडौं । २०७९ माघ १८, बुधवार ट्रान्सपरेन्सी इन्टरनेशन (टीआई) ले भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरेको छ । जसअनुसार डेनमार्क सूचकाङ्कमा सबैभन्दा धेरै ९० अङ्क पाएर सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ । यता नेपाल जम्मा ३४ अङ्क पाएर भ्रष्टाचार हुने मुलुकको ११० औं स्थानमा परेको छ । टीआईका अनुसार अघिल्लो वर्ष नेपालको […]

सूचना नदिँदा सिराहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई जरिवाना ।

मुलुक टाइम्स, काठमाडौं । २०७९ माघ १४, शनिवार माघ १३ गते। नागरिकले माग गरेको सूचना उपलब्ध नगराउने सिराहाको सिराहा नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई जरिवाना गरिएको छ । राष्ट्रिय सूचना आयोगले प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार रुपैयाँ जरिवाना गरेको हो ।सिराहा नगरपालिका-७ निवासी परशुराम साहले सिराहा नगरपालिका कार्यालयसँग सूचना माग गरेका थिए । […]

भित्तेपात्रो (क्यालेण्डर) शुल्कमा उपत्यकाका मुद्रण संघद्वारा ध्यानाकर्षण !

मुलुक डेस्क, काठमाडौं । २०७९ माघ ०४, बुधवार नेपाल सरकारले आ.व. ०७८/७९ वा २०७९ साल देखि विभिन्न संघ, संस्था एवं गैर सरकारी कार्यालयबाट प्रकाशित गरिने भित्तेपात्रो एवं टेबल क्यालेण्डरमा नेपाल सरकारको मातहातको कार्यालय पञ्चाङ्ग निर्णायक समितिको स्वकृति लिई सो मा शुल्क लिएर मात्र आफ्नो निजी क्यालेण्डर निकाल्ने निणर्य प्रति जिल्ला समन्वय समिति अन्तर्गतका काठमाडौं मुद्रण […]

आठ संवैधानिक आयोगद्वारा संयुक्त चुनावीअनुगमन हुने ।

मुलुक डेस्क, काठमाडौं । २०७९ असोज २८, शुक्रवार अधिकारप्राप्त आठ संवैधानीक आयोगद्वारा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको संयुक्त रुपमा अनुगमन तथा मुल्यांकन गर्ने भएको छ | राष्ट्रिय मानव अधिकार आयोग, मधेशी आयोग, महिला आयोग, थारु आयोग, समावेशी आयोग, मुस्लिम आयोग तथा दलित आयोगका अध्यक्षहरुको बैठकले निर्वाचनको अनुगमनको लागि सबै आयोगले एउटा […]

तिलाठी कोइलाडीमा प्रारम्भिक बालविकास सम्बन्धी कार्यशाला

मुलुक डेस्क, काठमाडौं । २०७९ असार १७, शुक्रवार स्थानीय तहमा तर्जुमा गरिने बार्षिक तथा आवधिक योजनामा प्रारम्भिक बालविकासको क्षेत्रमा लगानी अभिवृद्धि गरी गुणस्तर अभिवृद्धि गर्न मदत पुरयाउने उद्देश्यले तिलाठी कोइलाडी गाउँपालिकामा दुई दिवसीय प्रारम्भिक बालविकासको एकीकृत योजना निमार्ण कार्यशाला सुरु भएको छ । युनिसेफको सहयोगमा गाउँपालिकाद्वारा आयोजित सो कार्यक्रममा गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले बालबालिकाको […]

बाउन्स चेक केशमा रामेछापका फरार प्रतिवादी पक्राउ ।

मुलुक डेस्क, काठमाडौं । २०७९ असार १५, बुधवार बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी रामेछाप सुनापाती गाउँपालिका-४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ जोरपाटी बस्ने बिनोद लामा भन्ने ४३ वर्षीय बिनोद घिसिङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७८ पुस २७ गतेको फैसलाले बैंकिङ कसूरका ३ थान मुद्दामा २१ दिन कैद र १ करोड […]