प्रमोद सहनी, रौतहट । २०७९ फाल्गुन १८, बिहिवार

रौतहटको जय किसान उच्च माविका प्रधानाध्यापक सञ्जय गुप्ताबाट जय किसान बहुप्राबिधिकका एक विद्यार्थी कुटिएको छ ।

रौतहटको भूमध्य भागमा रहेको जय किसान बहुप्राविधिक शिक्षालयका कृषि वाली विज्ञान संकायमा अध्यनरत बिधार्थी सुजित कुमार यादवलाई जय किसान उच्च माविका प्रधानाध्यापक, परीक्षा सहनिर्देशक सञ्जय गुप्ता र देवाहि गोनाही नगरपालिकाका शिक्षा शाखा संयोजक अरविन्द यादव,परीक्षा सहायक केन्द्र अध्यक्ष सफिन्द्र यादवले परीक्षा भवनभित्र गाली गरि झापड हानेका छन। कृषि वाली विज्ञान दोश्रो वर्षको आंशिक परिक्षा दिन गएका सुजित कुमार यादवलाई परीक्षा भवनमा चिट गरिरहेको अवस्थामा परीक्षा सहायक केन्द्राअध्यक्ष सफिन्द्र यादवले परीक्षा भवन भित्र झापड हानेको हाे।

जय किसान उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा परीक्षा सहनिर्देशक सञ्जय गुप्ता

जय किसान बहुप्राबिधीक शिक्षालयका कार्यालय प्रमुख धनोज कुमार यादवलाई यस घटना बारे सोध्दा जानकारी नभएको बताए । यद्यपि दोषीलाई कानुन अनुसारको कारवाही हुने बताएका छन् ।

सहायक केन्द्र अध्यक्ष सफिन्द्र यादव

परीक्षार्थी सुजित कुमार यादवले परीक्षा भवनमा परीक्षाका दिएको बेलमा चिट समातियो खोसियो खोसे पछि देवाही गोनाहिका शिक्षा शाखाका संयोजक अरविन्द कुमार यादवले परीक्षार्थीलाई झापड हानेका थिए ।

देवाही गोनाहिका शिक्षा शाखाका संयोजक अरविन्द कुमार यादव

सिटिईभिटीका कर्मचारीले नाम नखुलाउने शर्तमा त्यसै गरी जय किसान उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा परीक्षा सहनिर्देश उमेश गुप्ताले जुत्ताको बुटले हानेर बेहोस हुने गरि, मर्ने गरी कुटेको आरोप लगाएका छन् ।

बिधार्थी सुजित कुमार यादव

घटना बारेमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई टेलिफोन सम्पर्क गर्दा यस बिषयमा जानकारी नरहेको बताए । यदि विद्यार्थीले चिट चोरी गरेको हो भने विद्यार्थीलाई कारवाही हुन्छ । तर यसरी विद्यार्थीलाई झापड लगाउनु, जुत्ताले हान्नु नियम अनुसार गलत रहेकोदावी गरे । आग्रह र पुर्वाग्रह बगैर दोषीमाथि कडा कारवाही हुन्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *