मुलुक डेस्क, काठमाडौं । २०७९ असार १७, शुक्रवार

स्थानीय तहमा तर्जुमा गरिने बार्षिक तथा आवधिक योजनामा प्रारम्भिक बालविकासको क्षेत्रमा लगानी अभिवृद्धि गरी गुणस्तर अभिवृद्धि गर्न मदत पुरयाउने उद्देश्यले तिलाठी कोइलाडी गाउँपालिकामा दुई दिवसीय प्रारम्भिक बालविकासको एकीकृत योजना निमार्ण कार्यशाला सुरु भएको छ ।

युनिसेफको सहयोगमा गाउँपालिकाद्वारा आयोजित सो कार्यक्रममा गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले बालबालिकाको सर्वाङ्गिण विकास भएमा मात्र सबल र दक्ष जनशक्ति उत्पादन हुने बताए ।

स्थानीय तहका सरोकारवालालाई एकीकृत प्रारम्भिक बालविकासको अवधारणा बारे जानकारी गराउने, प्रारम्भिक बालविकासका क्षेत्रमा विभिन्न निकाय पक्षबाट भएका कार्यहरू एकीकृत गरी परिमार्जित एकीकृत लगानी योजनालाई अन्तिम रुप दिने उद्देश्यका साथ कार्यशाला गोष्ठीको आयोजना गरिएको गाउँपालिकाका शिक्षा संयोजक राजेश कुमार झाले बताए । सो कार्यशालामा युनिसेफका अन्नपूर्णा मिश्रा, विष्णुमाया भट्टराई, गाउँपालिकाका शिक्षा संयोजक राजेश कुमार झासहितकाले सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *