कृष्ण सिंह, सर्लाही । २०७९ फाल्गुन १९, शुक्रवार

प्रेस मञ्च नेपाल सर्लाही शाखाकाे तेस्राे जिल्ला अधिवेशन सम्पन्न भएकाे छ । अधिवेसनले नाैं सदस्यीय कार्य समिति चयन गरेकाे छ । अधिवेसन जिल्ला समन्वय समितिकमे सभाहलमा सम्पन्न भएको हो ।
राज्यबाट पछाडि पारिएका समुदायकाे पहिचान तथा सशक्तीकरण तथा संघियताकाे मुद्दालाई संस्थागत गर्न पत्रकारहरू निष्पक्ष भएर कलम चलाउनु पर्नेमम जनता समाजवादी पार्टिका मधेश प्रदेश उपाध्यक्ष रामपृत पासवानले बताए । जिल्ला समन्वय समितिकमे सभाहलमा आयाेजित प्रेस मञ्च नेपालकाे तेस्राे अधिवेशनकाे सफलताकाे शुभकामना दिदै राज्यकाे चाैथाे अगं संचार जगत बलियाे नभएसम्म लाेकतन्तन्त्र संस्था हुन नसक्ने बताउदै संचार जगतलाई बलियाे बनाउन सरकारले ठाेस नीति ल्याउनु पर्नेमा जाेड दिए ।

जनता समाजवादी पार्टि सर्लाहीका जिल्ला अध्यक्ष बिरेन्द्र यादवले जिल्लाका रहेका पत्रकारहरूसँग विभेद बिरूद्धकाे लडाईमा सहकार्य गर्न आफुहरू तयार रहेकाे बताउदै पत्रकारहरूकाे बृति बिकासमा आफनाे पुर्ण सहयाेग रहने प्रतिबद्धता ब्यक्त गरे । यसैगरि प्रेस मञ्चका केन्द्रिय उपाध्यक्ष मनाेज यादवले प्रेस मञ्च नेपालकाे स्थापना नै पहिचान र संघियताकाे मुद्दालाई मजबुतिकासाथ उजागर गर्न भएकाे बताउदै आउने दिनमा समेत पहिचान र संघियतालाई संस्थागत गर्न मिसनकै रूप अगाडि बढने बताए ।
जिल्ला अध्यक्ष अनवर अहमदकाे अध्यक्षता तथा जसपा नेपाल प्रदेश उपाध्यक्ष रामपृत पासवानकाे प्रमुख आतिथ्य तथा प्रेस मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष मनाेज यादव बिशिस्ट आतिथ्यमा प्रेस मञ्च नेपाल सर्लाही शाखाकाे तेस्राे जिल्ला अधिवेशन सम्पन्न भएकाे छ । अधिबेसनले नाै सदस्यीय कार्य समिति चयन गरेकाेछ । अध्यक्षमा पुनः अनवर अहमद ,उपाध्यक्षमा रेखा यादव, सचिवमा कृष्णा सिहं तथा काेषाध्यक्षमा सदाम हुसैन सहितका कार्यसमिती चयन भएकाे छ ।
जिल्ला समन्वय समितिकाे सभाहलमा भएकाे अधिबेशनमा प्रेस मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष मनाेज यादव,जसपा नेपाल सर्लाहीका जिल्ला संयाेजक बिरेन्द्र यादव, प्रेस मञ्च नेपालका प्रदेश अध्यक्ष अभरेन्द्र यादव , प्रदेश महासचिव बन्दना झा नेपाल पत्रकार महासंघ सर्लाहीका सचिव सुनिल ठाकुर प्रेस सेन्टरका जिल्ला अध्यक्ष शंकर पहाडि ,जसपा नेपाल नेता गणेश यादव ,भुमि आयाेगका बिज्ञ सदस्य रन्धिर यादव तथा जिल्लाका अन्य पत्रकारहरूकाे समेत उपस्थितिहेकाे थियाे ।