चलचित्र आँखा असोज ११ बाट प्रदर्शन ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०२, आइतवार सामाजिक विषयवस्तुमा निर्माण भएको चलचित्र ‘आँखा’ असोज ११ गतेबाट प्रदर्शनमा आउने भएको छ । यसका साथै निर्माण टीमले नयाँ पोष्टर पनि सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । लामा सिनेमाको प्रस्तुतिमा तयार भएको सिनेमालाई जोन योंजनले लेखन तथा निर्देशन गरेका हुन् ।चलचित्रमा स्मिता लामिछाने, आर […]

नृत्य निर्देशक संघ नेपालको प्रथम राष्ट्रिय भेलाको पोखरामा बृहत छलफल ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०२, आइतवार नृत्य निर्देशक संघ नेपालको प्रथम राष्ट्रिय भेला २०८१ तयारीका लागि अध्यक्ष र सचिव स्तरीय बृहत छलफल कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम २०८१ भदौ २ गते आइतवार पर्यटकीय राजधानी गण्डकी प्रदेश पोखरामा हुने भएको छ। नृत्य निर्देशक संघ नेपाल केन्द्रीय कार्यसमितिको आयोजनामा आयोजित कार्यक्रम नृत्य निर्देशक […]

काठमाडौंमा वुमन्स अफ द वर्ल्ड फेस्टिभल हुने ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०२, आइतवार वुमन्स अफ द वर्ल्ड फेस्टिभलको सातौँ संस्करण काठमाडौँमा आयोजना हुने भएको छ । काठमाडौँ महानगरपालिका र व्रिटिस काउन्सिलले संयुक्त रुपमा फेस्टिभलको आयोजना गर्नेछन् । महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल र काउन्सिल कन्ट्री डाइरेक्टर सहिदा म्याकडुगलले फेस्टिभलको संकेत चिन्ह सार्वजनिक गरेका छन् । सन् २०११ मा लण्डनको साउथ वैङ्कमा […]

शास्त्रीय संगीतकार गुरु गुरुदेव कामतको निधन ।

मुलुक डेस्क, काठमाडौं । २०८१ साउन १७, बिहीवार शास्त्रीय संगीतकार गुरु गुरुदेव कामतको आज बिहान बिहीबार निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित शास्त्रीय संगीतका गुरु कामतको ६९ वर्षको उमेरमा सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका-२ पोखरभिण्डा पर्सास्थित आफ्नै निवासमा बिहान करिब साढे ७ बजे निधन भएको हो। पछिल्लो ४० वर्षदेखि निरन्तर नेपाली गीत, संगीत, […]

मनरा शिसवाको बथनाहामा विद्यार्थी संस्कार शिविरको समापन।

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ जेष्ठ ३१, बिहीवार मनरा शिसवा नगरपालिकाको श्री भै गे लु जनता माध्यमिक विद्यालय बथनाहामा पाँच दिने विद्यार्थी संस्कार शिविरको समापन समारोह सम्पन्न भएको छ । समापन समारोहका अध्यक्षता मेयर मोहन पाण्डेयले गरे भने प्रमुख अतिथिको रुपमा मधेश प्रदेशका सदस्य तथा पुर्व प्रदेशमन्त्री चन्दन सिंहको उपस्थिति रहेको थियो । यसैगरी […]

जेठ १६ देखि शिल्पी थिएटरमा ‘अग्निचक्षु’ नाटक मञ्चन हुने ।

मुलुक डेस्क, काठमाडौं । २०८१ जेष्ठ ०३, बिहिवार नाटक ‘अग्निचक्षु’ यही जेठ १६ गतेदेखि काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको छ । साइलेन्ट एक्टको प्रस्तुतिमा मञ्चन हुने यो नाटक जीवित देवी कुमारीको विषयमा आधारित छ । संस्कृतिभित्र लुकेका धार्मिक, सामाजिक, ऐतिहासिक तथा जीवन दर्शनका कुराहरू समेटेर नाटक तयार भएको लेखक चन्द्रप्रसाद पाण्डेयले बताए । […]

डेनमार्कमा बालबालिकालाई मिथिला चित्रकला सिकाउदै रन्जु यादव ।

मुलुक डेस्क, काठमाडौं । २०८१ बैशाख २९, शनिवार युरोप भ्रमणमा रहेकी मिथिला चित्रकार रन्जु यादवले डेनमार्कको राजधानी कोपनहेगनमा शुक्रबार मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिएकी छिन् । चित्रकार यादवले डेनमार्कमा बस्ने नेपाली र भारतीय बालबालिकालाई मिथिला चित्रसम्बन्धी प्रशिक्षण दिएकी हुन् । चित्रकार यादव एक महिने युरोप भ्रमणको क्रममा डेनमार्कमा छिन् । यही मौकामा गैरआवासीय नेपाली संघ डेनमार्कले […]

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रर्दशनी

मुलुक डेस्क, काठमाडौं । २०८१ बैशाख १४, शुक्रवार मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट सहरमा सम्पन्न भएको छ । आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता यादव अहिले एक महिने युरोप कला यात्रामा रहेकी छिन् । उनले युरोपका जम्मा चार वटा देशको भ्रमण गर्नेछ भने तीन देशमा एकल चित्रकला […]

नयाँ बर्षमा नुवाकोटमा माङ्चेभुमे जात्रा ।

मुलुक डेस्क, काठमाडौं । २०८१ बैशाख ०१, शनिवार नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नं. १ मा नयाँ बर्षको उपलक्ष्यमा सदाको बर्ष झै भगवान माङ्चेभुमेको जात्रा लागेको छ । शिवपुरी गाउँपालिका वडा न १ दिङ्गाममा अवस्थित यस मन्दिरलाई पालिकाको पुर्वी भेगका जनताहरुले शक्तीपिठको रुपमा पुज्ने गर्छन । शिवपुरी गाउँपालिकाको अध्यक्ष गोबिन्द थपलियाले रिवन काटेर उदघाटन गरिएको […]

बज्रबाराही मन्दिर: चापागाउँ । ललितपुर

संजीव सिंह, काठमाडौं । २०८० चैत्र २१, बुधवार बज्रबाराही मन्दिर ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको चापागाउँ र झरुवावासीको सिमानामा रहेको घना जंगलमा अवस्थित छ । प्यागोडा शैलीको यो मन्दिरको छाना तामाको बनेको छ । यस मन्दिरमा गजुर छैन । अष्ट मातृका, गणेश, भैरव र कुमारका मूर्तिहरू पनि मूर्तिको दाहिने र देब्रेपट्टि राखिएका छन्। यस मन्दिरको धेरै […]