मुलुक डेस्क, काठमाडौं । २०८१ साउन १७, बिहीवार

शास्त्रीय संगीतकार गुरु गुरुदेव कामतको आज बिहान बिहीबार निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित शास्त्रीय संगीतका गुरु कामतको ६९ वर्षको उमेरमा सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका-२ पोखरभिण्डा पर्सास्थित आफ्नै निवासमा बिहान करिब साढे ७ बजे निधन भएको हो।

पछिल्लो ४० वर्षदेखि निरन्तर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका कामतले काठमाडौं डिल्लीबजारमा गुरुकुल संगीत पाठशाला सञ्चालन गर्दै आएका थिए । संगीत क्षेत्रका सम्मानित व्यक्तित्व एवम् संगीतको माध्यमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छुट्टै पहिचान बनाउन सफल श्रष्टा हुन् ।

राज्यको सधैँ उपेक्षाको शिकार भएको राष्ट्रिय धरोहर, संगीत साधक एवम् संगीत गुरु कामतको निधनले संगीत क्षेत्रमा अपुर्णीय क्षति मात्रै पुगेको छैन राष्ट्रले एउटा गहना गुमाउनु परेको छ । स्वर्गीय कामतको उपचारमा राज्यले उदासिनता देखाउनु अत्यन्तै दु:खद पक्ष हो । आर्थिक अभावमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गहना अकालमै ज्यान गुमाउनु कलाकार र कला क्षेत्र प्रति राज्यको बदनियतपुर्ण रवैया देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *