मुलुक डेस्क, काठमाडौं । २०८१ बैशाख ०१, शनिवार

नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नं. १ मा नयाँ बर्षको उपलक्ष्यमा सदाको बर्ष झै भगवान माङ्चेभुमेको जात्रा लागेको छ । शिवपुरी गाउँपालिका वडा न १ दिङ्गाममा अवस्थित यस मन्दिरलाई पालिकाको पुर्वी भेगका जनताहरुले शक्तीपिठको रुपमा पुज्ने गर्छन ।

शिवपुरी गाउँपालिकाको अध्यक्ष गोबिन्द थपलियाले रिवन काटेर उदघाटन गरिएको यस जात्रामा हजारौ भक्तालुजनहरुले प्रत्यक्ष दर्शन गरिएको थियो । शिवपुरी वडा नम्बर १ का वडाध्यक्ष सुकुराम तामाङ सहित स्थानीय सरकारका प्रमुखहरु उपस्थित भएको यस जात्रामा दर्जनौ झाँक्री समुहहरु उपस्थित भएको थियो । पुजा पश्चात् पालिका अध्यक्षले मिडियाकर्मीहरुसङ्ग बोल्दै सुरुवाती बर्षदेखी पालिकाबाट जात्रा ब्यवस्थापनमा बजेट हालेको जानकारी दिदै गाउँपालिकाको नै महत्वपूर्ण धार्मिक स्थललाई पर्यटन क्षेत्रको रुपमा विकास गराउन सके यस क्षेत्रको जनताहरुको आर्थिक तथा सांस्कृतिक पाटो अझै बलियो हुने जानकारी पनि दिए ।

वडाबाट सकेको सहयोग गरेको जानकारी दिदै वडाध्यक्ष सुकुराम तामाङले अझै यस ठाउँको प्रचार प्रसार गर्न सके आर्थिक लाभ लिन सकिने जानकारी दिए। यसकासाथै अबको दिनमा प्रदेश तथा केन्द्रको बजेट हालेर अझै ब्यवस्थित बनाउनेमा पहल गर्ने जानकारी पनि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *