कमलविनायक-नगरकोट सडक दुई महिनामा सम्पन्न हुने

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक ३०, मंगलवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको सडक अबको दु्ई महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएकी छन्। पटक-पटक अवधि थप हुँदासमेत सम्पन्न हुन नसकेको सो सडकको अवलोकनका लागि आज नगरकोट पुगेकी मन्त्री यादवले सडक विभाग, सम्बन्धित आयोजना र निर्माण कम्पनीका प्रतिनिधिलाई भेटेर सडक निर्माण द्रूत गतिमा […]

जनकपुरधामको साम्प्रदायिक द्वन्द ७ बुँदे सहमतिमा अल्पविराम

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २९, सोमवार जनकपुरधाममा दुई पक्षिय साम्प्रदायिक द्वन्द्ध ७ बुँदे सहमति पश्चात् तत्कालको लागि साम्य भएको छ। जनकपुरधाम उप-महानगरपालिका २० देवपुरा रुपैठामा भएको हिन्दू मुस्लिम विवादमा सोमबार स्थानीय प्रशासनको पहलमा दुवै पक्षसँग वृहत छलफलपछि ७ बुँदे सहमति भएको छ । सहमति पश्चात् तीन दिनदेखि लगाइदै आएको निषेधाज्ञा समेत हटाईएको प्रमुख […]

हिन्दु मुस्लिमबीचको झडपमा ६ घाइते, स्थिति तनावग्रस्त, निषेधाज्ञा जारी ।

बद्री नाथ झा, जनकपुरधाम । २०७८ कार्तिक २७, शनिवार जनकपुरधाम । हिन्दु र मुस्लिम समुदायबीच झडपका कारण प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम अहिले तनावग्रस्त अवस्थामा छ । छठ पर्वको अवसरमा हिन्दु धर्मावलम्बीहरुलाई मुस्लिम समुदायले अवरोध गरेपछि उत्पन्न गरेपछि जनकपुरधाम उपमहानगरपालिका-२० देवपुरा रुपैठाको अवस्था अहिले दंगामा परिणत भएको हो । दंगा भडकिदा प्रहरीमाथि समेत आक्रमण […]

सिकेको जनसरकार

कार्यकर्ताको भयले जनकपुरमा कर्मचारी हल्लिए समयमै कार्यालयमा उपस्थिीत सुजीत कुमार झा | वर्ष‌‌‌‌‌‌: ०४ | अकंः २७ | कार्तिक २०७८ आजभोलि जनकपुरधामका सबै कर्मचारी जागेको जस्तो छ । समयमा कार्यालय आउने र पूरै समय कार्यालयमा बस्ने गरेका छन । यस्तो अवस्था कार्यालयहरुमा पहिला विरलै देखिन्थ्यो । जुन परिस्थितिमा पनि केही न केही ढिलो हुने गथ्र्यो । सेवाग्राहीको काम यति […]

न्यायमा विचलन ?

राजेश्वर डी. श्रेष्ठ | वर्ष‌‌‌‌‌‌: ०४ अकंः २७ | कार्तिक २०७८ साँचो न्याय पाउन अब भौतारिनु पर्ने हो कि भन्ने आशंका जन्मिएको छ यतिबेला सव्र्वेच्च न्यायपालिका चर्चामा ररिरहँदा । चर्चा हुनु राम्रो होला तर चर्चा सकारात्मक भइ दिएको भए । दुःखद यो हुन पुग्यो कि बन्द आखाँले न्यायको तराजुमा तौलेर न्याय दिनुपर्ने संस्था र संस्थाका संरक्षकहरु नै […]

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

मुलुक डेस्क, काठमाडौंमा । २०७८ कार्तिक २५, बिहीवार सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व सोमबारदेखि शुरु भएको हो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ पर्व […]

आजदेखि ४४ हजार गणक सहित जनगणना शुरु

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २५, बिहीवार मुलुकभरि बिहीबारदेखि राष्ट्रिय जनगणना सुरु हुँदैछ।प्रत्येक १० वर्षमा जनगणना गरिन्छ। केन्द्रीय तथ्यांक विभागले गणकलाई सही सूचना दिएर सहयोग गर्न सबैलाई अपिल गरेको छ। विभागले बुधबार पत्रकार सम्मेलन गरी प्रत्येक नागरिकलाई जनगणनामा सहभागी हुन अपिल गरेको हो। ‘अहिलेको जनगणनामा सहभागी भएनौं भने हामी राष्ट्रिय तथ्यांकमा छुट्छौं’,विभागका महानिर्देशक नेवीनलाल […]

अस्ताउँदो सूर्यलाई अर्घ्य दिदै सर्लाही रौतहट लगायत देशभर छठको रौनक

कृष्ण सिंह, रौतहट । २०७८ कार्तिक २४, बुधवार छठ पर्वको मुख्य दिन आज मधेश लगाएत देशभर अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँएकाे छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भोलि बिहीवार (बिहान) उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समपन्न हुन्छ । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी छठकाे पहिलो दिन एक छाक खाएर बस्ने […]

छठकाे अवसरमा पूर्वयुवराज्ञी हिमानी वीरगञ्जमा

गौरव वर्मा, पर्सा । २०७८ कार्तिक २४, बुधवार हिमानी ट्रस्ट मार्फत सामाजिक कार्यमा संलग्न भय पश्चात् विभिन्न कार्यक्रममा सरिक हुँदै आएकी पूर्वयुवराज्ञी हिमानी शाह छठकाे अवसरमा आज वीरगञ्जको घडिअर्वा पोखरीको छठ घाट पुगेकी छन्। आज अपरान्ह ४ बजे सिमरा अवतरण पछि स्थलमार्ग हुदै वीरगञ्ज पुगेर साँझको अर्घमा शाह सहभागी भएकी हुन्। विगतका केही वर्षदेखि पूर्वयुवराज्ञी […]

मानव कल्याणका लागि मेयर पराजुलीको छठ व्रत

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २४, बुधवार विश्व शान्ति र मानवकल्याणका निम्ति विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सदाझैँ यसवर्ष पनि छठपर्वमा छठीमाताका लागि दण्डवत् प्रणाम गर्दै घाटसम्म पुग्ने यात्रा आरम्भ गरेका छन्। विराटनगर महानगरपालिकाको पोखरियास्थित ठूलो मिलको दुर्गा मन्दिरबाट आज बिहान ११ः२७ बजे यात्रा शुभारम्भ गर्दै छठीमाताले विश्वमा फैलिएको कोरोनाको महामारीलाई अन्त्य गर्ने विश्वास […]