
गौरव वर्मा, पर्सा । २०७८ कार्तिक २४, बुधवार
हिमानी ट्रस्ट मार्फत सामाजिक कार्यमा संलग्न भय पश्चात् विभिन्न कार्यक्रममा सरिक हुँदै आएकी पूर्वयुवराज्ञी हिमानी शाह छठकाे अवसरमा आज वीरगञ्जको घडिअर्वा पोखरीको छठ घाट पुगेकी छन्।

आज अपरान्ह ४ बजे सिमरा अवतरण पछि स्थलमार्ग हुदै वीरगञ्ज पुगेर साँझको अर्घमा शाह सहभागी भएकी हुन्। विगतका केही वर्षदेखि पूर्वयुवराज्ञी शाह छठ पर्वको समयमा काठमाडौं सहित तराई मधेशका विभिन्न स्थानमा सहभागी हुदै आएकी छन्।
शाह वीरगञ्ज घडीअर्वामा पुग्नु अगाडि हेलिकप्टरद्वारा पुष्पवृष्टि गरिएको थियो। पुर्व युवराज्ञी शाह बिहीबार बिहान माईस्थान मन्दिर दर्शन पश्चात् काठमाडौं फर्किेने कार्यक्रम रहेको छ।