प्रदेश नं. २ मा सरकारद्वारा कोरोना उपचार
वैशाख १९, २०७८ | मुलुक डेस्क कोभिड–१९ नियन्त्रण तथा उपचारमा खटेका व्यक्ति संक्रमित भए उपचार खर्च सरकारले व्यहोर्ने कोभिड महामारीको दोश्रो लहर भयावह रुप लिदै गएको अवस्थामा कोभिड नियन्त्रण, रोकथाम र उपचारमा खटिएका जनशक्ति संक्रमित भए त्यस्ता संक्रमित जनशक्तिको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्योर्ने निर्णय गरेको छ । प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको आज […]
धनुषामा बैशाख २१ गते विहान ६ बजेदेखि निषेधाज्ञा
वैशाख १९, २०७८| मुलुक डेस्क कोरोना संक्रमित ह्वातै बढेपछि धनुषामा पनि निशेधाज्ञा लगाउने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आज बसेको जिल्ला कोभिड-१९ संकट व्यबस्थापन केन्द्रको बैठकले धनुषामा निशेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । वैशाख २१ गते विहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निशेधाज्ञा जारी गर्ने निर्णय […]
हतियार फायर गर्दै पेट्रोल पम्पमा लुटपाट
वैशाख १७, २०७८ | मुलुक डेस्क, सर्लाहीको पर्सा गाउँपालिका–२ संग्रामपुर स्थित रहेको बौद्धी फ्युल सेन्टर (पेट्रोल पम्प) मा लुटपाट भएको छ । आज साँझ करिब ६ बजेको समयमा दुई वटा मोटरसाईकलमा आएका लुटेरा समूहले गोली पड्काउँदै ८ लाख ८५ हजार नगद लुटेर फरार भएको छ । ६ जनाको समूहमा आएका लुटेरले एक राउण्ड फायर गर्दै […]
वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा, यातायात पनि बन्द
वैशाख १४, २०७८ | मुलुक डेस्क, काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । वैशाख १६ गते राति १२ बजेदेखि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्ने स्रोतले जानकारी दिएको छ । आइतबार कोभिड -१९ संकट व्यवस्थापन […]
नौवटा विद्युतीय बस काठमाडौं ल्याइँदै

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २३ | चैत्र २०७७, आगामी वैशाखमा नौवटा विद्युतीय बस काठमाडौँमा ल्याइँदै छ । सुन्दर यातायात प्रालिले चीनबाट विद्युतीय बस ल्याउन लागेको हो । बसहरू चीनमा तयार भइसकेको र नेपाल ल्याउने तयारी भइरहेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । ४० सिट क्षमताका नौवटा बस तयारी अवस्थामा […]
केपी ओली: १६५ निर्वाचन क्षेत्रमा २,२०० किलोमिटर सडक सञ्जालको निर्माणको घोषणा

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २३ | चैत्र २०७७, वर्षौँदेखि प्रतीक्षा गरिएको मेलम्ची खानेपानीको उद्घाटन गरेको भोलिपल्ट प्रधानमन्त्री केपी ओलीले सबै निर्वाचन क्षेत्रमा एउटा-एउटा गरी १६५ वटा सडकहरूको शनिवार एकैपटक घोषणा गरेका छन्। बालुवाटारबाटै औपचारिक समारोहमार्फत् ती सडक निर्माणको शुभारम्भ गरिएको बताइएको छ। सो समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यी सडक निर्माणको […]
सभा, जुलुस र गोष्ठी नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध, नेपालमा फेरि कोरोना त्रास

मुलुक डेस्क, ०८ चैत, २०७७, छिमेकी देशमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ। आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले छिमेकी देश भारतमा देखिएको संक्रमणको त्रास नेपालमा पनि भएकाले सतर्कता अपनाउन अनुरोध गरेका हुन्। उनले सभा, जुलुस, […]
पूर्व-पश्चिम राजमार्ग ४ लेनमा विस्तार हुँदै, २५ प्रतिशत डीपीआर सम्पन्न

मुलुक डेस्क, चैत्र ४, २०७७ पूर्व-पश्चिम राजमार्गको काँकडभित्ता-लौकी, नारायणघाट-पथलैया र बुटवल–गोरुसिंहे सडक खण्ड ४ लेनमा विस्तार हुने भएको छ । सडक विभाग आयोजन निर्देशनालय (एडीबी)ले यी सडक विस्तार विस्तार गर्न लागेको हो । निर्देशानलयले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने परामर्शदात छनोटगरी ठेक्का लगाइसकिएको आयोजनाका उपनिर्देशक राकेश महर्जनले जानकारी दिए । सुसङ/इआरएमसी/टेक स्टुडिओ अफ इन्जिनरिङले यी […]
महाशिवरात्रीः शिवको पूजा आराधना गरी देशभर मनाइँदै

मुलुक डेस्क, फाल्गुण २७, २०७७ आज हिन्दूहरुको महान चाड महाशिवरात्री आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइँदैछ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई हिन्दू धर्मावलम्बीहरुको महत्वपूर्ण पर्वका रुपमा लिइन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड तथा तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धापूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति भएको रातको नामबाट नामकरण […]
मुस्कान खातुनलाई प्रतिष्ठित अमेरिकी पुरस्कार

मुलुक डेस्क, फाल्गुण २१ | २०७७ तेजाव आक्रमणबाट पीडित वीरगञ्जकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार जितेकी छिन्। १५ वर्षीया खातुनलाई अमेरिकी विदेश मन्त्रालय दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड प्रदान गरिने नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले जानकारी दिएका छन्। यो अवार्ड पाउनेमध्ये खातुन संसारकै सबैभन्दा कम उमेरकी […]