वैशाख १७, २०७८ | मुलुक डेस्क,

No photo description available.

सर्लाहीको पर्सा गाउँपालिका–२ संग्रामपुर स्थित रहेको बौद्धी फ्युल सेन्टर (पेट्रोल पम्प) मा लुटपाट भएको छ । आज साँझ करिब ६ बजेको समयमा दुई वटा मोटरसाईकलमा आएका लुटेरा समूहले गोली पड्काउँदै ८ लाख ८५ हजार नगद लुटेर फरार भएको छ । ६ जनाको समूहमा आएका लुटेरले एक राउण्ड फायर गर्दै उक्त नगद रकम लुटेर लगेको पर्सा गाउँपालिका–३ नारायणपुरका वडा अध्यक्ष समेत रहनुभएका पेट्रोल पम्पका संचालक भिखारी साहले जानकारी दिनुभयो । संग्रामपुर र नारायणपुर प्रहरी चौकीको बीचमा उक्त पेट्रोल पम्प रहेको छ । अहिले दुवै प्रहरी चौकी र जिल्लाको टोली घटनाको अनुसंधान गर्दै लुटेराको खोजीमा जुटेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.