गण्डकीका मुख्यमन्त्री पोखरेलसँगै ४ मन्त्रीले लिए सपथ
जेष्ठ २९ २०७८ | मुलुक डेस्क गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले शनिबार शपथ लिएका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपाली पोखरेलसहित पाँच जनाले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष शपथ लिएका हुन् । नवनियुक्त मन्त्रीमा कांग्रेसका कुमार खड्का, माओवादीकी मधुमाया अधिकारी, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले […]
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त
जेष्ठ २९ २०७८ | मुलुक डेस्क गण्डकी प्रदेशको मुख्यमन्त्रीका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । संविधानको धारा १६८ (५) अनुसार प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।
शवदाह गृहको निर्माणमा उपभोक्ता समिति अध्यक्षको कथन
जेठ २९ २०७८ | कृष्ण सिंह शवदाह गृहको निर्माणकार्यमा फर्जी उपभोक्ता समिति मार्फत आर्थिक अनियमितता भइरहेको भन्ने आरोप गलत रहेको उपभोक्ता समितिका अध्यक्ष संजय गुप्ताको भनाई मानव संस्कार सेवा समिति मलंगवाले हुलाकी राजमार्ग अन्तर्गत पर्ने सर्लाहीको सदरमुकाम मलंगवा र ब्रह्मपुरी गाउँपालिका भेल्ही गाउँको बिचमा रहेको झिम नदीको किनारमा बन्दै गरेको मन्दिरसहितको शवदाह गृह (स्वर्गद्वार) को […]
मोटरसाइकल र चाँदीको गहना लुट्ने एकजना पक्राउ
जेठ २८ २०७८ | कृष्ण सिंह सर्लाहीको सदरमुकाम मलंगवामा मोटरसाइकल र नगद लुटपाट गरेको अभियोगमा प्रहरीले एकजना जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मलंगवा नगरपालिका वडा न-२ बस्ने ३५ वर्षीय बिनोद साह रहेका छन् । उनलाई मलंगवा न.पा-२ पब्लिक स्कुल स्थित झन्डा बजार देखि उतर ५० मिटर रिङ रोडमा आज(शुक्रबार) बिहान ७ बजे इन्सेकका […]
कर्णाली प्रदेशका मुख्यमन्त्रीले कार्यालयमै बोलाएर भेटे पीडित राउटे युवतीलाई
२८ जेष्ठ २०७८ | मुुलुक डेस्क यौन दुर्व्यवहारमा परेका दुई राउटे युवतीलाई कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज भेटेका छन्।वीरेन्द्रनगरस्थित मुख्यमन्त्री कार्यालयमै राउटे युवतीहरुलाई स्वागत गरेका शाहीले उनीहरुलाई प्रिफ्याब घर बनाइदिने आश्वासन दिएका छन्। राउटे समूदायका दुई युवतीमाथि गुर्भाकोट नगरपालिकामा तीन युवकले मदिरा सेवन गराई यौन दुर्व्यवहार गरेका थिए। मुख्यमन्त्रीसँगको भेटमा युवतीहरुले प्रदेश सरकारले दिने भनेको […]
गृहले देशभरको सीडीओलाई १२ बुँदे सर्कुलर जारी गर्दै दियो निर्देशन
२८ जेष्ठ २०७८ | मुलुक डेस्क गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार नवनियुक्त मन्त्रीबाट प्राप्त निर्देशन र निर्णयलाई कार्यान्वयनका लागि सबै जिल्ला प्रशासन कार्यालय र मातहतका सुरक्षा निकायहरुलाई परिपत्र गरिएको छ । पदभार ग्रहण लगत्तै अधिकारीलाई गृह सचिव महेश्वर न्यौपानेले मन्त्रालय र सुरक्षा निकायबाट भइरहेका कार्यसम्पादनको अवस्थाबारे ब्रिफिङ गरेका थिए । मन्त्रालयको सर्कुलरमा निषेधाज्ञाका कारण […]
पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु
२८ जेष्ठ २०७८ | मुलुक डेस्क पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएकोे छ । दिउँसो १२ः०० बजेको समयमा घर नजीकैको पोखरीमा नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया […]
मन्त्रिपरिषद्ले पायो पूर्णता : सात मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
२७ जेष्ठ २०७८ | मुलुक डेस्क केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। बिहीबार नियुक्त सात मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएसँगै ओली सरकारले पूर्णता पाएको हो। राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी सात मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन्। बिहीबार नै प्रधानमन्त्री ओलीले एक राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएसँगै […]
प्रधानमन्त्री ओलीद्वारा मन्त्री परिषद विस्तार हुदैं
२७ जेष्ठ २०७८ | मुलुक डेस्क जसपालाई थप एक मन्त्रालय, यादव सरकारमा जाँदै, गृहमा अधिकारी, थापा पत्नीलाई सुचना सञ्चार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गर्न लागेका छन् । ओलीले आफ्नो नेतृत्वको टिममा खगराज अधिकारी, नारदमुनी राना, गणेशबहादुर पहाडी लगायतकालाई मन्त्रालयको जिम्मेवारी दिएका छन् । अधिकारीलाई गृह, रानालाई वन तथा पहाडीलाई सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी […]
मिथिलामा मिथिलानीहरु आज बर्साइत पर्व मनाउदै
२७ जेष्ठ, २०७८ | बद्री नाथ झा | जनकपुर सत्ययुगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले आजकै दिन अटल सौभाग्यको वरदान पाएको विश्वासका आधारमा यो पर्व मनाउने मैथिल परम्परा छ ।आज विवाहित हिन्दू मैथिल नारी बर्साइत (वटसावित्री) पर्व मनाइरहेका छन् ।खास गरि जनकपुरधाम मा निक्कै भिड हुने स्थानहरुमा कोरोना महामारीको कारण एस बर्ष भिड कमि […]