No description available.

जेठ २९ २०७८ | कृष्ण सिंह

शवदाह गृहको निर्माणकार्यमा फर्जी उपभोक्ता समिति मार्फत आर्थिक अनियमितता भइरहेको भन्ने आरोप गलत रहेको उपभोक्ता समितिका अध्यक्ष संजय गुप्ताको भनाई

मानव संस्कार सेवा समिति मलंगवाले हुलाकी राजमार्ग अन्तर्गत पर्ने सर्लाहीको सदरमुकाम मलंगवा र ब्रह्मपुरी गाउँपालिका भेल्ही गाउँको बिचमा रहेको झिम नदीको किनारमा बन्दै गरेको मन्दिरसहितको शवदाह गृह (स्वर्गद्वार) को निर्माणकार्यमा फर्जी उपभोक्ता समिति गठन गरि आर्थित अनियमितता गरेको भन्ने लगाइएको आरोप गलत रहेको उपभोक्ता समितिका अध्यक्ष समाजसेवी संजय गुप्ताले बताउनुभएको छ ।

मानव संस्कार सेवा समितिले प्रेस विज्ञप्ति जारी गरी विभिन्न अनलाई समाचार , सामाजिक संजाल तथा पत्रपत्रिकाहरुमा समाचार प्रकाशित गरि लगाइएको आरोपहरु निराधार, गलत र स्थानीय जनमानसमा भ्रम फैलाउने खालको भएको उहाँले बताउनुभएको छ ।

समितिका अध्यक्ष गुप्ताका अनुसार मलंगवा न.पा र ब्रह्मपुरी गा.पा अन्तर्गत तथा आसपासका गाउँहरुबाट शवको दाहसंस्कार गर्न आउने एकमात्र प्रमुख स्थान झिम नदी रहेको र सो स्थानमा वर्षातको समयमा नदीमा बाढी आउँदा शव जलाउन समस्या पर्ने गरेको महसुस गर्दै झिम नदीको किनारमा जग्गा खरिद गरि निर्माणकार्यको थालनी गरेको उक्त शवदाह गृह (स्वर्गद्वार)को निर्माणका लागि स्थापना गरिएको मानव संस्कार सेवा समिति नामक संस्था निर्माणकार्य चलिरहेकै अवस्थामा बिगत ३ वर्षदेखि संस्थाको नविकरण समेत नगरी निस्कृय भएपछि साल २०७७ माघ १ गतेका दिन ब्रह्मपुरी गाउँपालिकाका वडा न-३ का वडाध्यक्ष श्याम इन्दल साहको अध्यक्षता तथा गाउँ पालिका अध्यक्ष बिनोद साह,सचिव सियाशरण ठाकुर,भेल्ही स्वास्थ्य चौकी इन्चार्ज बिक्रम कुमार पटेल,मलंगवाका नवनित अग्रवाल,सुरेन्द्र साह सोनार लगायतको उपस्थितिमा संजय कुमार गुप्ता सुगन्ध(स्वयं)को अध्यक्षतामा श्री पुर्वाधार विकास कार्यालय रौतहटको नाउँमा प्राप्त कार्यक्रम मानव संस्कार सेवा समिति सर्लाही ब्रह्मपुरी वडा न-३ भेल्ही योजनाको उपभोक्ता समिति गठन गरी काम सुचारू भएको छ ।

शवदाह गृह निर्माण भइरहेको स्थान ब्रह्मपुरी गाउँपालिकाको भेल्ही अन्तर्गत पर्ने भएकोले यसको सम्पूर्ण काम हेर्ने र बजेट चलाउने अधिकार सोही वडाको रहेको गुप्ताले जानकारी गराउनुभयो ।यसरी सम्बन्धित स्थानीय तहको प्रमुख ,वडा प्रमुख , पुर्वाधार विकास कार्यालय तथा स्थानीय भद्रभलादमीहरुको रोहबरमा गठन गरिएको उपभोक्ता समिति फर्जी नभइ बैध रहेको गुप्ताले बताए ।

यो शवदाह गृह दुवै स्थानीय तहका बासिन्दाहरुको शाझा सम्पत्ति रहेकोले आफु उपभोक्ता समितिको अध्यक्षको नाताले दुवै स्थानीय तहका प्रमुख तथा सरोकारवाला ब्यक्तिहरु सँग यसको काम चाँडो भन्दा चाँडो सम्पन्न गरि समुदायलाई हस्तान्तरण गर्न आग्रह गरी सहमति गरेर काम गर्दै आएको उपभोक्ता समितिका अध्यक्ष एवं समाजसेवी गुप्ताले भने ।

शवदाह गृह निर्माणका लागि स्थापना गरिएको संस्थाको सदस्यहरुको बैठक स्थापना कालदेखि हालसम्म ३ वर्षको अवधीमा २-३ पटक मात्र बसी ३ वर्षदेखी निस्कृय भएपछि गतवर्ष प्रदेश सरकारबाट २० लाख र ब्रह्मपुरी गापाबाट १० लाख रुपैया प्राप्त सहयोग राशिले स्टिमेट अनुसार काम सम्पन्न गराई फर्छौट समेत गरिसकेको र त्यसबाट बचेको लगभग ६ लाख रुपैयाबाट संस्थाका पदाधिकारी चन्देश्वर रायले २ लाख रुपैया आफ्नो निजी खर्च भएको बताएपछि संस्थाको अध्यक्ष अशोक अग्रवाल लगायतका अन्य पदाधिकारीहरुको रोहवरमा सो रकम फिर्ता गरेको उनले भने ।

संस्था नविकरण नभई निस्कृय भइसकेको र उपभोक्ता समितिसँग पैसा समेत नभएको अवस्थामा नवनित अग्रवालले इमानदारीपूर्वक बोर्डको सदस्यहरु सँग सल्लाह गरी चन्देश्वर रायलाई फर्काइसकेको रकमबाट बचेको सहयोग रकम आफै सँग राख्ने निर्णय भएपनि संस्थाका बहुमत समेत नपुगेको सदस्यहरुले आफ्नै संस्थाको एक सदस्यको विरुद्धमा संस्थाको खातामा पैसा जम्मा नगरी आफुसँगै राखेको भन्ने चरित्रहत्या हुने खालको प्रेस विज्ञप्ति निकालेर बदनाम गर्न खोजेको उपभोक्ता समितिका अध्यक्ष गुप्ताले गुनासो गरे ।

उनले विभिन्न निकाय तथा मनकारी ब्यक्तिहरुबाट प्राप्त सहयोग राशीबाट निर्माण भइरहेको काममा कुनै किसिमको अनियमितता नभएको बताउँदै यसको सम्पूर्ण जानकारी चाँडैनै पत्रपत्रिका मार्फत सबैलाई जानकारी गराउने बताए। अहिले प्रदेश सरकार सँग आग्रह गरि राख्न लगाएको ५० लाख रुपैयाँबाट शवदाह गृहको निर्माणकार्य भइरहेको जस अनुसार हालसम्म ८०-८५ प्रतिशत जति काम सम्पन्न भइसकेको उनले जानकारी दिए । शवदाहको निर्माणकार्य पूरा भएपछि सो क्षेत्रका १ दर्जन भन्दा बढी गाउँका बासिन्दाहरुलाई शवको दाहसंस्कार गर्न सुविधा पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *