२८ जेष्ठ २०७८ | मुलुक डेस्क
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार नवनियुक्त मन्त्रीबाट प्राप्त निर्देशन र निर्णयलाई कार्यान्वयनका लागि सबै जिल्ला प्रशासन कार्यालय र मातहतका सुरक्षा निकायहरुलाई परिपत्र गरिएको छ ।
पदभार ग्रहण लगत्तै अधिकारीलाई गृह सचिव महेश्वर न्यौपानेले मन्त्रालय र सुरक्षा निकायबाट भइरहेका कार्यसम्पादनको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।
मन्त्रालयको सर्कुलरमा निषेधाज्ञाका कारण बन्द भएका व्यापारव्यवसाय जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्नेसम्बन्धी कार्ययोजना पेश गर्न स्थानीय प्रशासनलाई निर्देशन गरेको छ ।
आर्थिक कारोबार क्रमशः खुलाउदै लैजाने गरी अवधारणा बनाउन, चुस्त सेवा प्रवाह, सीमा नाकाबाट स्वास्थ्य परीक्षण नगरी विदेशीलाई प्रवेश निषेध, विकास निर्माणका काममा हुने ढिलासुस्ती विरुद्ध प्रमुख जिल्ला अधिकारी मार्फत् अनुगमन लगायतका विषय उल्लेख गरिएको छ ।