२८ जेष्ठ २०७८ | मुुलुक डेस्क

यौन दुर्व्यवहारमा परेका दुई राउटे युवतीलाई कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज भेटेका छन्।वीरेन्द्रनगरस्थित मुख्यमन्त्री कार्यालयमै राउटे युवतीहरुलाई स्वागत गरेका शाहीले उनीहरुलाई प्रिफ्याब घर बनाइदिने आश्वासन दिएका छन्।

राउटे समूदायका दुई युवतीमाथि गुर्भाकोट नगरपालिकामा तीन युवकले मदिरा सेवन गराई यौन दुर्व्यवहार गरेका थिए। मुख्यमन्त्रीसँगको भेटमा युवतीहरुले प्रदेश सरकारले दिने भनेको मासिक दुई हजार भत्ता नपाएको भन्दै गुनासो गरेका थिए।

मुख्यमन्त्री शाहीले राउटेहरु बस्ने सम्भावित स्थानमा पालभन्दा पनि प्रिफ्याव भवन राख्ने योजना बनाएको बताएका थिए। त्यसका अलावा राउटे नीति बनाउन, खाद्यान्न र अन्य आवश्यक व्यवस्था मिलाउन प्रमुख सचिव, सामाजिक विकासमन्त्री यज्ञबहादुर विसीलगायतलाई उनले निर्देशन दिए ।

पिडित युवतीहरुको आज दिउँसो स्वास्थ्य जाँच भएको छ। राउटे अभियन्ता नगेन्द्र उपाध्यायका अनुसार वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल कालागाउँमा उनीहरुको स्वास्थ्य परिक्षण गरिएको हो। परिक्षणको रिपोर्ट आइसकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *