स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक अन्य सुविधा नलिने

रासस, काठमाडौं । २०७८ साउन १८, सोमवार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षाकर्मी बाहेक अन्य सुविधा नलिने घोषणा गरेका छन्। सोमबार मन्त्रालयमा सार्वजनिक स्वास्थ्य र माहामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै उनले सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सुविधामध्ये सुरक्षाकर्मी मात्र लिने जानकारी गराएका छन्। ‘सवारीसाधन, आवास र तलब भत्तालगायत कुनै पारिश्रमिक, भत्ता र […]

छिन्नमस्ता देवीको मुकुट भेटियो

मुलुक डेस्क, सप्तरी । २०७८ साउन १८, सोमवार मुलुककै प्रसिद्ध शक्तिपिठ सप्तरीस्थित छिन्नमस्ता देवीको मूर्तीबाट चोरी भएको चाँदीको मुकुट फेला परेको छ । साथै मुकुट चोरी गर्ने व्यक्ति पनि समातिएका छन् ।आइतबार साँझ मन्दिरबाट मुकुट चोरी भएको थियो । आज बिहान विष्णुपुर गाउँपालिका वडा नम्बर ५ बाट सो मुकुट फेला परेको सप्तरी प्रहरीका प्रमुख एसपी […]

उदयपुरमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १७, आइतवार उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो । सङ्क्रमण तीव्र बनेपछि […]

लालबन्दीमा स्थानिय र प्रहरीवीच झडप, ४ जना पक्राउ

कृष्ण सिंह, सर्लाही । २०७८ साउन १६, शनिवार “सर्लाहीको लालबन्दी नगरपालिकामा शुक्रवार साँझ स्थानिय र प्रहरी बिच झडप भएको छ ।”लालबन्दी स्थित मोडल अस्पतालले टेटनसको सुई लगाउन गएका एक स्थानिय महिलालाई रेविजको सुई लगाई दिएको विषयमा अस्पताल संचालसँग सामान्य मनमुटाव भएपछि आक्रोसित भएका स्थानीयहरु अस्पतालका डाक्टरसंग बसेर छलफल गर्न पाउनु पर्ने माग राखेर बडा न-६ […]

पुर्वयुवराज पारश शाहको मनोमानी

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १६, शनिवार पूर्वयुवराज पारश शाहले महाराजगञ्जस्थित नारायण गोपाल चोकमा शुक्रबार साँझ ट्राफिक प्रहरीसंग विवाद गरेका हुन् । विवाद कै क्रममा एक प्रहरीले पारशको हात समातेर तान्न खोज्दै ठाडाे बोलेको प्रष्टै भिडियोमा सुनिन्छ । साथै पारशले पनि आफ्नो चिर परिचित अन्दाजमा थर्काएको देखिन्छ ।काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार […]

काठमाडौँ – तराई/मधेश द्रुतमार्ग निर्धारित समयमै सम्पन्न हुने !

रासस, काठमाडौं । २०७८ साउन १६, शनिवार नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग निर्माणको बलियो आधारशिला तयार भएकाले निर्धारित मितिमै पूरा हुने दृढता व्यक्त गरेको छ। सैनिक मुख्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजना निर्देशक विकास पोखरेलले आयोजना पूर्वधार निर्माणको तीव्र चरणमा प्रवेश गरेकाले समयमै पूरा हुने विश्वास व्यक्त गरे। आयोजनाको हालसम्म भएको समग्र प्रगतिबारे जानकारी […]

मुलुकभर स्मार्ट लकडाउनको तयारी

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १६ शनिवार सरकारले स्मार्ट लकडाउनको तयारी गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शुक्रबारको निर्देशक समितिको बैठकमा स्मार्ट लकडाउन प्रस्ताव गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता निर्देशक समिति बैठक बसेको थियो। ‘जहाँ संक्रमण बढी छ, सम्बन्धित जिल्ला वा स्थानीय तहले नै लकडाउन गर्न सक्ने अवधारणाको प्रस्ताव सीसीएमसीले गरेको […]

जनकपुरमा प्रहरी हिरासत मै थुनुवाले गरे आत्महत्या

बद्री नाथ झा, धनुषा । २०७८ साउन १५, शुक्रवार धनुषाको जनकपुरस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा एक थुनुवाले आत्महत्या गरेका छन् । बढदो अपराधको शृङ्खला संगै मानसिक तनावका कारण पनि हत्याको ग्राफ बढदो छ् । प्रहरी पनि सुरक्षाभन्दा आफ्नो व्यक्तिगत लाभमा केन्द्रित रहेको जनगुनासो रहेको छ् । कुटपिट अंगभंग मुद्दामा पक्राउ परेका लक्ष्मीनियाँ गाउँपालिका घर भएका […]

एक अर्ब माथिको करदाताको वृद्धि

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १५, शुक्रवार आर्थिक वर्ष २०७७/०७८ मा एक अर्ब वा सोभन्दा बढी राजस्व बुझाउने करदाताको संख्या थपिएको छ । विगत दुई वर्षमा कोरोना नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउन तथा निषेधाज्ञाका कारण अर्थतन्त्रमा ठूलो धक्का लागे पनि करको रुपमा ठूलो रकम तिर्नेको संख्या थपिएको हो ।यस्तै, आर्थिक वर्ष २०७६/७७ मा […]

साउन १५ अर्थात खिर खाने दिन !

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १५, शुक्रवार साउन १५ गते नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही-च्युरा र साउन १५ मा खिर खाने प्राचीनकाल देखिको नेपाली परम्परा छ ।साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर […]