May be an image of 7 people and people standing

मुलुक डेस्क, सप्तरी । २०७८ साउन १८, सोमवार

मुलुककै प्रसिद्ध शक्तिपिठ सप्तरीस्थित छिन्नमस्ता देवीको मूर्तीबाट चोरी भएको चाँदीको मुकुट फेला परेको छ । साथै मुकुट चोरी गर्ने व्यक्ति पनि समातिएका छन् ।आइतबार साँझ मन्दिरबाट मुकुट चोरी भएको थियो ।

आज बिहान विष्णुपुर गाउँपालिका वडा नम्बर ५ बाट सो मुकुट फेला परेको सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए ।आइतबार साँझ चोरी भएको मुकुट सोमबार बिहान विष्णुपुर गाउँपालिका वडा नम्बर ५ बाट फेला परेको सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए ।

मुकुट बोकेका मान्छे गाउँ घुमिरहेको जानकारी प्राप्त भएपछि प्रहरी टोलीले ती मान्छेलाई नियन्त्रणमा लिएको छ । ‘नियन्त्रणमा लिएका मान्छेको मानसिक सन्तुलन ठीक नभएको कुरा आइरहेको छ,’ एसपी धमलाले भने, ‘हामी थप अनुसन्धान गरिरहेका छौं ।’मन्दिरमा सिसिटिभी क्यामेरा जडान भए पनि २०७७ असार देखि बिग्रिएको छ् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *