May be an image of 1 person

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १६, शनिवार

पूर्वयुवराज पारश शाहले महाराजगञ्जस्थित नारायण गोपाल चोकमा शुक्रबार साँझ ट्राफिक प्रहरीसंग विवाद गरेका हुन् । विवाद कै क्रममा एक प्रहरीले पारशको हात समातेर तान्न खोज्दै ठाडाे बोलेको प्रष्टै भिडियोमा सुनिन्छ । साथै पारशले पनि आफ्नो चिर परिचित अन्दाजमा थर्काएको देखिन्छ ।काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार हेलमेट नलगाइ आएका शाहलाई ट्राफिक प्रहरीले रोकका थिए ।

प्रहरीले शाहलाई नियन्त्रणमा लिन खोज्दा घम्साघम्सी समेत भएको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा पनि देखिन्छ । प्रहरीले चौकीमा लैजान खोज्दा उनले ‘जान्न, यहीँ बस्छु’ भन्दै प्रहरीसँग वादविवाद भएको थियोे । जाम र तनाव घट्ने स्थिति नदेखेपछि ट्राफिक प्रहरीले सञ्चार सेटमार्फत प्रहरी कन्ट्रोललाई थप मद्दतको टोली मगाएको सुनिन्छ ।

May be an image of 6 people and people standing

एक ट्राफिक प्रहरीले सेटमा भनेका छन्, ‘पारस शाह रक्सी खाएर एकदम लफडा गरिरहेको छ, गाडी तुरुन्त पठाउनु त ।’ शाहको समर्थकले पनि उनको पक्षमा नारा लगाएको सुनिन्छ ।पारश शाह र विवाद;पूर्वयुवराज शाह पटकपटक उछृंखल गतिविधि गरेर चर्चामा आइरहन्छन् । २८ जेठ २०७५ मा उनी सवार बा १४ च २१३१ नम्बरको गाडी जावलाखेलबाट ट्राफिक नियम उल्लंघन गर्दै भागेको थियो ।

प्रहरीले उनको गाडीलाई थापाथलीमा रोको थियो । तर रिसमा उनले थापाथलीमा कार्यरत् एक महिला प्रहरी जवानलाई हान्ने गरी गाडी हुइँक्याएका थिए । संयोगले उनी जोगिएकी थिइन् । उनी तिनै प्रहरी जवान थिइन्, जसले पारसको लाइसेन्स लिएर जरिवानाको चिट काटेको थियो ।२०७१ सालमा उनी थाइल्याण्डमा गाँजासहित पक्राउ परेका थिए ।

चारपटकसम्म लागूऔषधसहित पक्राउ परेका उनी पछिल्लो समय नेपालमै थिए । विशेष गरी उनी पोखरामा देखिन्थे ।दुई वर्षअघि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक प्रहरीलाई धकेलेको भिडियो पनि भाइरल भएको थियो । कुनै वेला चितवनमा उनले रुबेल चौधरीमाथि पनि गोली चलाएका थिए । गायक राम कृष्ण ढकालसंगको झगडा लगायत कयौंपटक पारश विवादमा नपरेको होइन ।

Leave a Reply

Your email address will not be published.