नेपाल एयरलाइन्सले नयाँ दिल्ली दैनिक उडान गर्ने ।
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २५, शुक्रवार राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतको नयाँ दिल्ली दैनिक एक उडान सञ्चालन गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सेप्टेम्बर महिनाका लागि सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तालिकाअनुसार अब काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा सातामा १० उडान हुने भएका छन् । नेपाल एयरलाइन्सले दैनिक एक उडान […]
प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दर्ज्यानी चिह्न प्रदान
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २४, बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दर्ज्यानी चिह्न प्रदान गरेको छ । राष्ट्रपति भवन शितल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारी समक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको सपथ लिएको हो । समारोहमा रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दैएका प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, […]
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा र ट्रायल आजदेखि पुनः सुरु ।
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २०, आइतवार बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आजदेखि पुनः सञ्चालन गर्दैछ । कोरोना महामारीको दोस्रो लहर सुरु भएयता वैशाख १५ गतेदेखि लकडाउन लागू गएसँगै लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएका थिए । मन्त्रालयद्वारा यही भदौ १३ मा जारी सूचनामा प्रयोगात्मक परीक्षाका लागि […]
आज देखि मनकामना केबुलकार सञ्चालनमा ।
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २०, आइतवार कोरोना संक्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आइतबारबाट सञ्चालनमा आउने भएको छ । निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो । मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको हो । उनले भने, ‘यात्रुले पनि सुरक्षा मापदण्डलाई पालना […]
काठमाण्डौ उपत्यकामा फिल्म हल र दोहोरी साँझ खोल्न पाइने ।
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १६ बुधवार काठमाण्डौ उपत्यकामा भोलि बिहीवारदेखि चलचित्र हल, दोहोरी साँझ हुने घर – क्लब , डान्स बार लगायतका व्यवसाय पनि खुल्ने भएका छन् । काठमाण्डौ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले चलचित्र हल, दोहोरी घर, रेस्टुरेन्ट लगायतका व्यवसाय खोल्न दिने निर्णय गरेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद […]
मोडल निशा घिमिरेको निधन ।
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १६, बुधवार मोडल तथा कलाकार निशा घिमिरेको आज बुधबार नर्भिक अस्पतालमा मृत्यु भएको छ । नर्भिक अस्पतालका अनुसार उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको हो । दक्षिण ललितपुर कालेश्वरकी निशाको मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको हो । ‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले […]
चीनिया बिमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ओभर सुट ।
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १४, सोमवार चीनको छेन्दुबाट काठमाडौं आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ओभर सुट गर्नुपरेको छ। यसक्रममा सो जहाजले एक घण्टा बढी आकाशमा फन्को लगाउनु परेको जनाइएको छ। मौसम खराबीले विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा अवतरणका क्रममा रहेको जहाजले ओभरसुट गर्नुपरेको विमानस्थलले जनाएको छ। आज बिहान ६:२९ […]
सर्लाहीमा करेन्ट लागेर ५० वर्षीय पुरुषको मृत्यु ।
कृष्ण सिंह, सर्लाही । २०७८ भाद्र १३, आइतवार सर्लाहीमा करेन्ट लागेर एकजना पुरुषको मृत्यु भएको छ । आइतवार करिब १० बजे चापाकल(पानी खाने) चलाउन जाँदा करेन्ट लागेर ५० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृत्यु हुनेमा जिल्लाको चन्द्रनगर गाउँपालिका वडा नं. ६ का नागेश्वर मण्डल रहेको प्रहरी प्रवक्ता प्रहरी नायव […]
इशाई करण हुँदै ; पशुपति कोष मार्फत इन्टरफेथ ग्रुप भित्रिदै !
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ११, शुक्रवार नेपालको सनातन संस्कृति र वैदिक धर्मलाई पाश्चात्यको पैसा लोभमा परि केही व्यक्ति एवं संस्थाले निर्मुल पार्ने अभियानमा छ् । हिन्दुत्वलाई बिस्थापित पारी ईशाइकरण लाद्नु मुख्य उदेश्य रहेको छ् । कित्ता कित्तामा देश बेच्ने अभियानमा देशकै मुखियाहरु लागिपरेका छ्न । पशुपति क्षेत्र विकास कोषमा रिक्त रहेको पदाधिकारी तथा […]
सर्वाधिक मुद्दा फर्छयाैट गर्ने उत्कृष्ट न्यायाधीश भक्तपुर अदालतका गोपालप्रसाद बास्तोला ।
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १०, बिहिवार देश भरमा सबै भन्दा बढि मुद्दा फर्छयाैट गरी उत्कृष्ट न्यायाधीश भक्तपुर जिल्ला अदालतका एक नम्वर वेन्चका न्यायाधीश गोपाल प्रसाद बास्तोला भएका हुन् । देश भरका ७७ वटै जिल्ला अदालतमा कार्यरत जिल्ला न्यायाधीशहरुको मूल्याङ्गकन गर्दा भक्तपुरमा हाल कार्यरत बास्तोलाले आर्थिक वर्ष २०७७-७८ मा भक्तपुरमा मात्र ५११ थान मुद्दा […]