मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १६ बुधवार

काठमाण्डौ उपत्यकामा भोलि बिहीवारदेखि चलचित्र हल, दोहोरी साँझ हुने घर – क्लब , डान्स बार लगायतका व्यवसाय पनि खुल्ने भएका छन् ।

काठमाण्डौ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले चलचित्र हल, दोहोरी घर, रेस्टुरेन्ट लगायतका व्यवसाय खोल्न दिने निर्णय गरेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छ्न ।

स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८ मा उल्लेख भएका मापदण्डहरू पालना गरेर व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको प्रजिअ पराजुलीले बताए । मापदण्ड पालना भए/नभएको बारेमा अनुगमन हुने समेत उनले जनाए ।

उपत्यकाको निषेधाज्ञा भदौ मसान्तसम्मका लागि थपिएको भए पनि भिडभाड हुने गरी सभा, जुलुस, भोजभतेर, बिधालय संचालन गर्न नपाइने जस्ता सामान्य व्यवस्था मात्र लागू रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *