कृष्ण सिंह, सर्लाही । २०७८ भाद्र १३, आइतवार

सर्लाहीमा करेन्ट लागेर एकजना पुरुषको मृत्यु भएको छ । आइतवार करिब १० बजे चापाकल(पानी खाने) चलाउन जाँदा करेन्ट लागेर ५० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृत्यु हुनेमा जिल्लाको चन्द्रनगर गाउँपालिका वडा नं. ६ का नागेश्वर मण्डल रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए । मण्डल आफ्नै घरमा चापाकल चलाउन जाँदा त्यसमा लागेको मोटरको तार सर्ट भई करेन्ट प्रवाह हुँदा उनी घाइते भएका थिए । उपचारको लागि जिल्ला अस्पताल सर्लाहीमा लगेकोमा त्यहाँ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

शव पोस्ट मार्टमको लागि अस्पतालमै रहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *