
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ११, शुक्रवार
नेपालको सनातन संस्कृति र वैदिक धर्मलाई पाश्चात्यको पैसा लोभमा परि केही व्यक्ति एवं संस्थाले निर्मुल पार्ने अभियानमा छ् । हिन्दुत्वलाई बिस्थापित पारी ईशाइकरण लाद्नु मुख्य उदेश्य रहेको छ् । कित्ता कित्तामा देश बेच्ने अभियानमा देशकै मुखियाहरु लागि
परेका छ्न ।
पशुपति क्षेत्र विकास कोषमा रिक्त रहेको पदाधिकारी तथा सदस्य पदहरुमा इन्टरफेथ ग्रुपसँग निकटहरुलाई नियुक्त गरिने भएको छ । सो ग्रुप नवगठित समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सञ्चालन गर्दै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा निकट स्रोतका अनुसार कोषका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु आफ्नो सिफारिसमा नियुक्त हुनुपर्ने अडान माधवको थियो ।
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर तथा पशुपति क्षेत्रमा हुने जात्रा पर्व, पूजा तथा सम्पूर्ण धार्मिक कामको व्यवस्थापन, परिचालन तथा निर्णय गर्छ । त्यसैगरी पशुपति क्षेत्रको विकास निर्माण गर्ने, पशुपतिनाथको प्रचारप्रसार तथा त्यस क्षेत्रको धार्मिक गरिमा उच्च बनाउने जिम्मेवारी पनि कोषसँग हुन्छ ।
इन्टरफेथ ग्रुप के हो?
इन्टरफेथ ग्रुप दक्षिण कोरियाको युनिफिकेसन चर्चसँग आवद्ध समूह हो । यो समूहमा विभिन्न धर्मावलम्बी तथा पार्टीसँग सम्बन्धित व्यक्तिहरु रहेका छन् । मूलत यो ग्रुपले युनिफिकेसन चर्चको प्रचार गर्ने, चर्चको संगठन विस्तार गर्ने काममा योगदान गर्दै आएको छ ।
कोरियाको युनिफिकेसन चर्चले नेपालमा परिवार दल नामको राजनीतिक पार्टी संचालन गरको छ । उक्त पार्टीका अध्यक्ष एकनाथ ढकाल हुन् । यो पार्टी पहिलो संविधानसभामा समानुपातिकमा एक सिट र दोस्रो संविधानसभामा दुई सिट पाएको थियो । युनिफिकेसन चर्चको अन्तराष्ट्रिय सञ्चालक समितिमा समेत एकनाथ रहेका छन ।
युनिफिकेसन चर्च मार्फत् नै नेपालमा इन्टरफेथ ग्रुप सञ्चालन हुँदै आएको छ । इन्टरफेथ ग्रुपका मुख्य नेतृत्वकर्ता तथा संरक्षकका रुपमा माधवकुमार नेपाल रहँदै आउनुभएको छ । युनिफिकेसन चर्चको विश्वव्यापी संगठन छ । सो संगठनको काममा माधवकुमार नेपालले ३० वटाभन्दा बढी देशको भ्रमण गरेका छन ।
प्रहार पशुपतिनाथ माथी ?
एकनाथ ढकालको नेतृत्व र माधवकुमार नेपालको संरक्षकत्वमा रहेको युनिफिकेसन चर्चले नेपालमा दर्जनौं संस्था चलाउँदै आएको छ । एकनाथ ढकाल र माधव नेपालको समूहले विभिन्न धर्म बीच समन्वय गराउने नाममा इन्टरफेथ ग्रुप चलाउँदै आएको हो । बाह्य रुपमा धर्म समन्वय र धार्मिक सद्भाव भनिए पनि इन्टरफेथ ग्रुपको मुख्य उद्देश्य युनिफिकेशन चर्चको संगठन विस्तार गर्ने रहँदै आएको छ ।
युनिफिकेसन चर्चले परम्परागत र चलनचल्तीका चर्चहरुको शैलीमा धर्म प्रचार गर्ने गरेको छैन । यसले विभिन्न देशका मानिसबीच विवाह गराउने भन्दै गरिब युवाहरुलाई लोभ्याउँदै चर्चमा सदस्य बन्न लगाउने गरेको छ । युनिफिकेसन चर्चको नेपाल प्रमुख एकनाथ ढकाल आफैंले पनि चर्च मार्फत् फिलिपिन्सकी महिलासँग विवाह गरेका हुन् । एकनाथ विगतमा परिवार दलको सांसद् भइ मन्त्री समेत बनेका थिए ।
नेपालको मात्र नभएर विश्वभरीकै हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथसँग सम्वद्ध पशुपति क्षेत्र विकास कोषको पदाधिकारीमा इन्टरफेथका सदस्यहरु आउन्को अर्थ हिन्दुत्व सखाप पार्नु हो । इन्टरफेथ ग्रुपको नियन्त्रणमा पशुपति क्षेत्र विकास कोष जानुको अर्थ चर्चको नियन्त्रणमा पशुपतिनाथलाई लैजानु हो भन्ने प्रष्ट छ ।