
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १०, बिहिवार
देश भरमा सबै भन्दा बढि मुद्दा फर्छयाैट गरी उत्कृष्ट न्यायाधीश भक्तपुर जिल्ला अदालतका एक नम्वर वेन्चका न्यायाधीश गोपाल प्रसाद बास्तोला भएका हुन् ।
देश भरका ७७ वटै जिल्ला अदालतमा कार्यरत जिल्ला न्यायाधीशहरुको मूल्याङ्गकन गर्दा भक्तपुरमा हाल कार्यरत बास्तोलाले आर्थिक वर्ष २०७७-७८ मा भक्तपुरमा मात्र ५११ थान मुद्दा फर्छयाैट गरेका हुन् । भक्तपुरका श्रीमान बास्तोलाले एक वर्षमा भक्तपुरमा ५११ र कञ्चनपुरमा १०३ गरी ६१४ मुद्दा फर्छयाैट गरका हुन् ।
यस्तै भक्तपुर जिल्ला अदालतले देशमा नै पहिलो पटक धेरै मुद्दा एकै दिन एकै न्यायाधीशले फर्छयाैट रेकर्ड पनि राखेको हाे ।
उक्त अदालतमा लामो समय देखि चल्दै २४३ थान मुद्दालाई एकैदिन फैसला गरेर कमला पौडेलले रेकर्ड राखिन् । कमला पौडेलले भक्तपुरका झा परिवारहरुको लामो समय देखि चल्दै आएको अंश लगायतका विभिन्न खचला सम्वन्धि परेका मुद्दालाई एकै दिन फैसला गरिन ।