विश्व हिन्दु युवा संघका नवलपरासी जिल्ला अध्यक्ष नवीन चौधरी

१३ असार २०७८ | मुलुक डेस्क जनतान्त्रिकले आफ्नो संगठन बिस्तार एवं राजनीतिक प्रभावलाई अझ सकारात्मक पार्दै नेपाली जनता माझ उपस्तिथि जनाउदै आएको छ । विगत लामो समयदेखि “राज संस्था सहितको हिन्दु अधिराज्य पुनःस्थापना”, नागरिक सरकार तथा नागरिक आयोग गठन लगायतका विविध मागहरु राखी चरणबद्ध आन्दोलनरत जनतान्त्रिक तराई मुक्ति मोर्चाले संगठन विस्तार गर्दै आएको छ । […]

निषेधाज्ञा एक साता थप गर्ने तयारी, सार्वजनिक यातायात तत्काल सञ्चालन नगरिने

१३ असार २०७८ | मुलुक डेस्क बैशाख १६ देखि उपत्यकामा जारी निषेधाज्ञा पुनः एक साता थप गर्ने तयारी गरिएको छ । निषेधाज्ञा खुकुलो पारिए पनि कोरोना भाइरस संक्रमण दर नघटेको निष्कर्ष निकाल्दै उपत्यकाका तीनै जिल्ला प्रशासनले पुनः एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरेका हुन् । आइतबार बेलुकी बस्ने तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा […]

अश्वेत नागरिक जर्ज फ्लोएडको हत्या गर्ने प्रहरी डेरेक चौभिनलाई साढे २२ वर्ष कैद सजाय

१३ असार २०७८ | मुलुक डेस्क संयुक्तराज्य अमेरिकाको मिनियापोलिसका पूर्व प्रहरी अधिकृत डेरेक चौभिनलाई अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा अदालतले दोषी ठहर गर्दै साढे २२ वर्ष कैद घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो वाईडेनले सो निर्णयबारे प्रतिक्रिया दिँदै भनेका छन्, ” मैले फैसलाको पूर्ण विवरण हेरेको छैन तर जे निर्णय आयो त्यो सहि आएको छ।” […]

सर्लाहीस्थित देशकै सबैभन्दा ठूलो मानवनिर्मित तालमा नेपालकै पहिलो जेटबोट सञ्चालनमा

१३ असार २०७८ | मुलुक डेस्क देशकै सबैभन्दा ठूलो मानवनिर्मित सर्लाहीको बागमती नगरपालिका–४ मा निर्माण भएको तालमा नेपालकै पहिलो जेटबोट सञ्चालनमा आएको छ ।  बिहीबार एक कार्यक्रम आयोजना गरी बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले सो जेटबोट चलाउने पाइलटलाई साँचो हस्तान्तरण गरेका हुन् । पूर्वपश्चिम लोकमार्गदेखि करिब तीन किलोमिटर दक्षिणतर्फ बागमती–४ मा निर्माण भएको भरत तालमा […]

जनकपुरधाममा विहानै मेयर लालकिशोर साहविरुद्ध टायर बालेर प्रदर्शन

१२ असार २०७८ | मुलुक डेस्क जनकपुरधाममा दिन प्रतिदिन फोहर बढदै गएको र त्यस्को व्यवस्थापन नगरेको भन्दै जनकपुरधामका नागरिक समाज तथा युवाहरुले मेयर लालकिशोर साह विरुद्ध कडा नारावाजी सहित विरोध प्रर्दशन गरेको छ । बिहान ८ बजे युवाहरुले एक घण्टा टायर जलाएर बाटो अबरुद्ध गरि मेयर बिरुद्ध नाराबाजी गरेका छन । जनकपुरधाम उपमहानगरपालिका वार्ड नं […]

सर्लाहीमा जेसिबी चालकले जिउँदै पुरेर गरे वडाध्यक्षको हत्या, दुई जना पक्राउ

१२ असार २०७८ | मुलुक डेस्क सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या भएको छ। वडाध्यक्ष श्रेष्ठको शुक्रबार राती जेसिबी चालकसँग विवाद भएर जेसिबीले ठक्कर दिई हत्या भएको हो। राती अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्क बहादुर तामाङ नजिकैको होटलमा सँगै खाना खाएर बसेको र उक्त […]

फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न

१२ असार २०७८ | मुलुक डेस्क पोखराको पहिलो केबलकार निर्माण सम्पन्न भएको छ । फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न भएर सञ्चालन गर्न सकिने अवस्थामा पुगेको हो । अन्नपूर्ण केबलकार प्रालिले निर्माण गरेको उक्त केबलकार सञ्चालनमा आएपछि फेवाताल, शान्ति स्तूप, हरियाली वनजङ्गल र माछापुच्छ«े हिमालको सुन्दरता एकैपटक आनन्द लिन सकिनेछ । कोरना सङ्क्रमणको हालको […]

तिलाठी कोइलाडी गाउँपालिकाको बजेट ४३ करोड

११ असार २०७८ | मुलुक डेस्क कोभिडको कारण मारमा परेका जनता तथा कृषकलाई फाइदा पुर्‍याउने उद्देश्यले तिलाठी कोइलाडी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट पाँचौं गाउँ सभामा विहिबार प्रस्तुत गरेको छ । तिलाठी कोइलाडी गाउँपालिकाको आ.व.०७८/०७९ को कुल बजेट ४३ करोड १६ लाख ७७ हजार७ सय ५० रुपैयाँ ८० पैसाको […]

रौतहटको मौलापुर नगरसभामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

१० असार २०७८ | मुलुक डेस्क रौतहटको मौलापुर नगरपालिकाको पाँचौ नगरसभा हुने क्रममा दुई पक्षबीच झडप भएको छ । सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन करिब कैयौं राउण्ड अश्रुग्यास प्रहार गरेका हुन् । अहिले मौलापुर बजार तनावग्रस्त छन् । माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका पूर्वमन्त्री एवं नेता प्रभु साह नगरसभाका प्रमुख अतिथि थिए । साह […]

परिश्रमिक पाउनुपर्ने माग राखेर शिक्षकहरु द्बारा गोडैताका मेयर तथा शिक्षा प्रमुखलाई ज्ञापनपत्र

९ असार २०७८ | कृष्ण सिंह | सर्लाही सर्लाहीको गोडैता नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयमा कार्यरत बाल विकास तथा नेपाल शिक्षक कर्मचारीहरुले तिन बुँदे माग राखेर नगरप्रमुख र शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । संघिय सरकारको बजेट वक्तव्य अनुसारको न्यूनतम परिश्रमिक पाउनुपर्ने, स्थानिय निकायले गतबर्ष प्रदान गरेको प्रोत्साहन भत्तालाई चालु आर्थिक बर्षमा पनि निरन्तरता दिनुपर्ने […]