जनकपुरधाममा विहानै मेयर लालकिशोर साहविरुद्ध टायर बालेर प्रदर्शन (भिडियो सहित)

१२ असार २०७८ | मुलुक डेस्क

जनकपुरधाममा दिन प्रतिदिन फोहर बढदै गएको र त्यस्को व्यवस्थापन नगरेको भन्दै जनकपुरधामका नागरिक समाज तथा युवाहरुले मेयर लालकिशोर साह विरुद्ध कडा नारावाजी सहित विरोध प्रर्दशन गरेको छ । बिहान ८ बजे युवाहरुले एक घण्टा टायर जलाएर बाटो अबरुद्ध गरि मेयर बिरुद्ध नाराबाजी गरेका छन ।

जनकपुरधाम उपमहानगरपालिका वार्ड नं ११ का वार्डबासीले फोहर व्यवस्थापनमा ढिलाई गरेको भन्दै वार्ड अध्यक्ष रामचन्द्र साह सहित मेयर लालकिशोर साहको विरोधमा कडा नारावाजी सहित १ घण्टा विरोध प्रर्दशन गरिएको हो । पटक पटक सम्वन्धित निकायलाई ध्यानाकषर्ण गराउदा पनि फोहर व्यवस्थापन ध्यान नदिएकोले वाध्य भएर विरोध प्रर्दशन गर्नुपरेको नागरिक अगुवा शत्रुधन प्रसाद साहले आरोप लगाए । उनले आजको विरोध पश्चात पनि सम्वन्धित निकायको ध्यानाकर्षण नभएर भोली दुइ घण्टा विरोधको कार्यक्रम गर्ने चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *