No description available.

१३ असार २०७८ | मुलुक डेस्क

जनतान्त्रिकले आफ्नो संगठन बिस्तार एवं राजनीतिक प्रभावलाई अझ सकारात्मक पार्दै नेपाली जनता माझ उपस्तिथि जनाउदै आएको छ । विगत लामो समयदेखि “राज संस्था सहितको हिन्दु अधिराज्य पुनःस्थापना”, नागरिक सरकार तथा नागरिक आयोग गठन लगायतका विविध मागहरु राखी चरणबद्ध आन्दोलनरत जनतान्त्रिक तराई मुक्ति मोर्चाले संगठन विस्तार गर्दै आएको छ ।

त्यसैक्रममा शनिबार विश्व हिन्दु युवा संघका जिल्ला अध्यक्ष नवीन चौधरी जनतान्त्रिकमा प्रवेश गरेका छन् साथै उनलाई “जनतान्त्रिक युवा संघ” को केन्द्रिय सदस्यमा मनोनीत गरिएको विषय जनतान्त्रिक तराई मुक्ति मोर्चा का राष्ट्रिय अध्यक्ष डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले एक प्रेस वक्तव्य जारी गरि बताएका छन ।

राष्ट्रिय नागरिक आन्दोलन एवं राष्ट्र बचाउ अभियान मा विभिन्न रुपले सक्रिय रहि जारी राष्ट्रवादी आन्दोलनलाई सक्रिय रुपमा साथ, सहयोग पुर्याउँदै निर्णाक भुमिका निर्वाह गरेका जिल्ला नवलपरासी गा.वि.स. मकर-४ निबासी तथा विश्व हिन्दु युवा संघका जिल्ला अध्यक्ष नवीन चौधरी जनतान्त्रिकमा प्रवेश गरेका छन् । उनलाई “जनतान्त्रिक युवा संघ” को केन्द्रिय सदस्यमा मनोनीत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *