शैक्षिक संस्था सञ्चालनका विषयमा सीसीएमसीको छलफल

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १५, शुक्रवार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शैक्षिक संस्था सञ्चालनका विषयमा विषयविज्ञ र सम्बद्ध निकायसँग बिहीबार छलफल गरेको छ । सहसचिव तथा सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाले सीसीएमसीका संयोजक बालानन्द शर्माको अध्यक्षतामा बसेको बैठकमा शिक्षासम्बन्धी संस्था, विषयविज्ञ र सम्बद्ध निकायसँग शैक्षिक संस्था सञ्चालनको सम्भावनाका विषयमा छलफल गरिएको जानकारी दिए […]

उपेन्द्र यादवले १८ महिनामा गर्न नसकेको काम १८ दिनमा गर्‍यौं : राजेन्द्र महतो

बद्री नाथ झा, जनकपुरधाम । २०७८ साउन १४, बिहिवार पूर्वमन्त्री राजेन्द्र महतोले उपेन्द्र यादवले १८ महिनामा गर्न नसकेको काम आफूहरुले १८ दिनमा गरेको दाबी गरेका छन् ।जसपा विभाजनपछि बिहीबार जनकपुरधाम आएका नेता महतोले १८ दिनभित्रै नागरिकता अध्यादेश ल्याएको, १४० जना उपर रहेको मुद्दा फिर्ता गराएको, संविधान संशोधनका लागि कार्यदल बनाएको बताए । नेता महतो आजै […]

प्रधानमन्त्री देउवाको मन्त्रिपरिषद २५ सदस्यीय हुने

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १४, बिहीवार सत्तारुढ गठबन्धनले मन्त्रिपरिषदको भागबण्डा मिलाएको छ। विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलले मन्त्रिपरिषदको भागबण्डा मिलाएको हो।प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रिपरिषदमा २५ सदस्य हुने सहमति सत्तारुढ गठबन्धनले गरेको छ। जसमा २२ मन्त्री र ३ राज्यमन्त्री रहनेछन्।सत्तारुढ गठबन्धनको विहीबार भएको बैठकमा प्रधानमन्त्रीसहित कांग्रेसले ८, माओवादी केन्द्रले ७ र जनता समाजवादी […]

सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालयको राष्ट्रपतिद्वारा उद्घाटन

मुलुक डेस्क, सिन्धुली । २०७८ साउन १३, बुधवार सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण गरेको युद्ध सङ्ग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। भण्डारीले बुधबार सिन्धुलीस्थित कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा सिन्धुलीगढीमा नेपाली सेनाद्वारा निर्मित सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको उद्घाटन गरेकी हुन्। सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्र, […]

सर्लाहीको ब्रह्मपुरीमा आमा र बच्चासहित ३ जनाको मृत्यु

कृष्ण सिंह, सर्लाही । २०७८ साउन १३, बुधवार सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा आमा र दुई बच्चासहित तीनजनाको डुबेर मृत्यु भएको छ । मृत अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ। स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको स्थानीयवासी सूर्यवंश चौधरीको पोखरीमा […]

प्रभुराम शर्मा कार्यवाहक प्रधानसेनापति नियुक्त

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १२, मंगलवार नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा कार्यवाहक प्रधानसेनापतिमा नियुक्त भएका छन् ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअनुसार शर्मा अब नेपाली सेनाको ४४औं प्रधानसेनापति बन्नेछन् ।सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार साउन २५ देखि लागु हुने गरी […]

गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन ।”गण्डकी प्रदेशको प्रदेश प्रमुखमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन नियुक्त ।”

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १२, मंगलवार सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरेको छ ।मंगलवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशको प्रदेश प्रमुखमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन नियुक्त भएका हुन् । मंगलबार नै मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेल र […]

सरकारद्वारा तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय । प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका प्रमुखहरुलाई हटाउने निर्णय

मुलुक डेस्क, काठमाडौं । २०७८साउन १२, मंगलवार केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराजसहित तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सरकारले निर्णय गरेको छ । सरकारले तीन प्रदेशका प्रदेश प्रमुखहरुलाई बर्खास्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।मंगलबवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका प्रमुखहरुलाई […]

वीरगञ्ज-पथलैया सडक खण्ड अझै अधुरो

मुलुक डेस्क, पर्सा । २०७८ साउन १२, मंगलबार वीरगञ्ज-पथलैया व्यापारिक मार्गको काम निर्धारित समयमा सम्पन्न हुन नसकेपछि पुनः समय थप गर्ने तयारी गरिएको छ । २०७३ असार २९ गतेदेखि चालू यो मार्गको निर्माण कार्य २०७८ असार मसान्तसम्म ७८ प्रतिशत मात्र सम्पन्न भएको हो । दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।कोरोना […]

संसारकै सबभन्दा महँगो मोबाइल ५ अर्ब रुपैयाँभन्दा बढी

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १२, मंगलबार साधारणतया एउटा फोनको मूल्य बजारमा १ हजार रुपैयाँदेखि १/२ लाख रुपैयाँसम्म पर्ने हुन्छ ।तर, एउटा फोनको मूल्य ५ अर्ब रुपैयाँभन्दा बढी पर्छ भन्ने सुन्दा आश्चर्य नै लाग्न सक्छ। हो, अमेरिकी लक्जरी ब्रान्ड उत्पादक कम्पनी फाल्कोनको मोबाइल फोनको मूल्य ४८.५ मिलियन अमेरिकी डलर (५ अर्ब रुपैयाँभन्दा बढी) रुपैयाँ […]