May be an image of 2 people

मुलुक डेस्क, काठमाडौं । २०७८साउन १२, मंगलवार

केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराजसहित तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सरकारले निर्णय गरेको छ ।

सरकारले तीन प्रदेशका प्रदेश प्रमुखहरुलाई बर्खास्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।मंगलबवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका प्रमुखहरुलाई हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

अहिले प्रदेश २ मा राजेश अहिराज, गण्डकीमा सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशमा धर्मनाथ यादव प्रदेश प्रमुखमा छन्।

उनीहरु क्रमशः २०७७ फागुन ७, २०७८ वैशाख २० र २०७६ कात्तिक १८ गते नियुक्त भएका थिए ।दुई साताअघि नयाँ सरकार गठन भएपछि सरकारले प्रदेश प्रमुख हेरफेर गर्ने प्रयास गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *