राप्रपाको महिला महामन्त्रीमा कुन्ती शाही विजयी
मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर १९, आइतवार राप्रपाको महिला महामन्त्रीमा कुन्ती शाही विजयी भएकी छन् । कमल थापाको समूहबाट उनी महामन्त्रीमा पदमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको समूहबाट महामन्त्री पदमा उठेकी रेखा थापा भने पराजित भएकी छन् । शाहीको पक्षमा २५०० मतको विरुद्धमा थापाले १६४० मत प्राप्त गरिन् ।
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन
मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर १९, आइतवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतवार बिहान सम्पन्न मतपरिणामबाट कमल थापालाई २ सय २७ मतले पछि पार्दै लिङ्देन विजयी भएका हुन्। लिङ्देनले एक हजार ८४४ मत ल्याएर वियजी हुदा कमल थापाले एक हजार ६ सय १७ मत प्राप्त गरेका […]
कांग्रेसको महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक
मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर १४, मंगलवार काठमाडौं । कांग्रेसको १४ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ । केन्द्रीय निर्वाचन समितिले प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका प्रकाशित गरेको हो । यसअघि निर्वाचन समितिले उद्घाटन समारोह पहिल्यै देखि निर्वाचन कार्यक्रम अघि बढाउने तयारी गरेको थियो । तर, सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता […]
नेपाली कांग्रेसको १४ औं महाधिवेशन: ५२ जिल्लाको परिणाम, पौडेल पक्ष हावी ।
मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर १४, मंगलवार काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५३ जिल्लाका सभापतिको नतिजा आएको छ । जसमध्ये संस्थापन अर्थात् सभापति शेरबहादुर देउवानिकट २३ जना सभापतिहरू निर्वाचित भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर समूहले २६ जिल्लामा […]
एमालेको दसौं महाधिवेशनबाट यस्तो बन्यो ओली टिम
मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर १४, मंगलवार नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा विजयी भएका छन्। उनले प्रतिद्वन्द्वी भीम रावललाई पराजित गरेका हुन्। ओलीको यो दोस्रो कार्यकाल हो। यसअघि नवौं महाधिवेशनमा ओलीले माधव कुमार नेपाललाई पराजित गरेका थिए। त्यस्तै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा पृथ्बीसुब्बा गुरुङ, प्रदीप […]
सर्लाहीमा १६ वर्षीया बालिका एकदिनको गाउँपालिका अध्यक्ष
कृष्ण सिंह, सर्लाही । २०७८ मंषिर १४, मंगलवार सर्लाहीको पर्सा गाउँपालिकामा १६ वर्षीया बालिकलाई एकदिने गाउँपालिका अध्यक्ष पदको जिम्मेवारी दिइएको छ। पर्सा गाउँपालिकामा स्थानीय पर्सा बाल क्लबका अध्यक्ष वर्ष १६ की अंजली कुमारी साहलाई उक्त गाउँपालिकाको गापा अध्यक्षको पदमा एकदिनको लागि नियुक्त गरिएको छ। “सामान्य अवस्था वा कोभिड-१९ को महामारी,बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी” […]
बेटी पढाउ बेटी बचाउ’ र ‘चुरे संरक्षण’ मा राष्ट्रपतिको जाेड
मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर ०८, मंगलवार सर्वाङ्गीण विकासका लागि ‘बेटी पढाउ, बेटी बचाउ’ जस्ता छोरीमैत्री शैक्षिक क्रियाकलापको आवश्यकता रहेकाे राष्ट्रपति विद्यादेवी भण्डारीले बताईन् । राष्ट्रपति भण्डारीले भनिन्, ‘समाजिकस्तरमा कायम रहेको अन्धविश्वासलाई चिर्नका लागि प्रदेश २ सरकारले सुरु गरेको बेटी पढाउ बेटी बचाउ अभियान प्रशंसाको विषय बन्दै गएको छ । यसलाई सरकारले राष्ट्रियस्तरको कार्यक्रमका […]
एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अनेकौं पाहुनाहरु आउँदै ।
मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर ०९, बिहीवार नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनमा एमालेको निमन्त्रणा स्वीकार गरी ८ वटा विदेशी पार्टीका १५ जना पाहुनाहरु उपस्थित निश्चित भएको छ। महाधिवेशनको पूर्वसन्ध्यामा बिहीवार नेकपा(एमाले) विदेश मामिला विभागले काठमाडौंमा पत्रकार सम्मेलन गरी भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाबाट ८ वटा पार्टीका १५ जना पाहुनाहरु महाधिवेशनमा उपस्थित हुने निश्चित भएको […]
लुम्बिनीबाट “जनमत माटी यात्रा” शुभारम्भ ।
मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर १०, शुक्रवार लुम्बिनी। जनमत पार्टीले ‘‘जनमत माटी यात्रा रुपन्देहीको लुम्बिनीबाट शुभारम्भ गरेको छ । डा. चन्द्रकान्त राउत (सिके राउत) को नेतृत्व जनमत पार्टीले समग्र नेपालको एकताको सन्देश दिने गरि शान्तीको मुहान लुम्बिनीबाट आजदेखि ‘‘जनमत माटी यात्रा’’ सुरु गरेको हो । मेचीदेखि महाकालीसम्म लुम्बिनीको लोकप्रियता बढाउको लागि उक्त यात्रा लुम्बिनीबाट […]
निधी धनुषाबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि
बद्री नाथ झा, धनुषा । २०७८ मंषिर १२, आइतवार जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । आइतबार भएको धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा उपसभापति निधीसहित बाँकी महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत चुनिएका हुन् । उपसभापति निधी पत्नी अनामिका निधी, […]