वडाध्यक्षद्वारा छिमेकी युवतीमाथि बलात्कारको प्रयास !

कृष्ण सिंह, सर्लाही । २०७८ भाद्र १५, मंगलवार सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्बर –७, नोकैल्वाकी ३० वर्षीया एक महिलामाथि बलात्कार प्रयास भएको छ । सोही वडाका वडाअध्यक्ष श्याम कुमार यादवले स्थानीय महिलालाई बलात्कारको प्रयास गरेका हुन् । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्बर –७, नोकैल्वाका वडाध्यक्ष श्याम कुमार यादवले एक महिलालाई बलात्कार प्रयास गरेका छन् । […]

श्रीकृष्ण जन्माष्टमीको अवसरमा यमुनामाई सरुअठामा मेला ।

कृष्ण सिंह, रौतहट । २०७८ भाद्र १४, सोमवार रौतहटको यमुनामाई-४ सरुअठा बजारमा श्रीकृष्ण जन्माष्टमी मेलाको उद्घाटन नेपाली काँग्रेसका सक्रिय सदस्य तथा युवा नेता संजयकुमार सिंहले गरेका छन् । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले […]

श्रीकृष्ण जन्माष्टमीको महिमा ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १४, सोमवार वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका […]

बिपी राजमार्गमा ढुंगा खस्दा महोत्तरी रामगोपालपुरका उप मेयर सीता साहको सुपुत्रको निधन

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १३, आइतवार बिपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउपालिका वडा न.७ लास्कोट बेसीमा पहिरो संगै ढुंगा खस्दा मोटर साइकलमा सवार सरोज साहको मृत्यु भएको छ । काठमाण्डौं बाट जनकपुर तर्फ जादै गरेको ज. ८ प. ७४९० नम्बरको मोटरसाइकलमा सवार महोत्तरीको रामगोपालपुर वडा न.८ गोइठी बिर्ता बस्ने २८ वर्षीय सरोज साहको […]

कृष्णाष्टमीमा पाटन कृष्ण मन्दिरमा कोरोनाका कारण पूजा र दर्शनमा रोक ।

मुलुक डेस्क, ललितपुर । २०७८ भाद्र १३, आइतवार ललितपुर पाटनअवस्थित कृष्ण मन्दिरमा सोमबार कृष्णाष्टमीका दिन भक्तजनलाई पूजाका साथै दर्शन गर्न रोक लगाइएको छ । हरेक वर्ष भाद्र कृष्णाष्टमीका दिन कृष्ण मन्दिरमा दर्शनार्थीको ठूलो मेला लाग्ने गरेकोले कोरोना महामारीको कारण सोमबार सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाएको मन्दिरका पुजारी प्रतापधर राजोपाध्यायले बताए । भाद्र १४ गते सोमवार […]

जानकी मन्दिर परिसरका पोस्टर र होर्डिङ बोर्ड च्यात्तियो ।

मुलुक डेस्क, जनकपुर । २०७८ भाद्र १२, शनिवार जानकी मन्दिर परिसरभित्र लगाइएको मुख्यमंत्री स्वछ्चता अभियानको नाममा प्रचार प्रसार मात्र गर्ने उद्देश्यले होर्डिङ बोर्ड र मुख्यमन्त्रीको फोटो सहितको पोस्टरलाई स्थानीय युवाहरूले च्यातेको छ् । हिन्दुहरुको आस्था र श्रद्धाको प्रतीक जानकी मन्दीर परिसरमा प्रचार प्रसारमा स्थानीयले रोक लगाएका हुन् । मुस्लिम मुख्यमन्त्रीको पोस्टर लगाई राजनिती गर्न खोजेको […]

बाढी र पहिरोले देशैभर हजारौं घर डुबानमा र असंख्य पशु चौपायाहरूको मृत्यु ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १२, शनिवार बाढी र पहिरोले देशैभर हजारौं घर डुबानमा र असंख्य पशु चौपायाहरू मरेका छन्। पहाडी जिल्ला पहिरोले र तराईका बस्तीहरू बाढीले डुबेका छन्। शुक्रबार मात्र देशभरमा तीन जनाको मृत्यु, चार जना बेपत्ता तथा दुई जना घाइते भएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार […]

सर्वोत्तम स्टीलको भट्टीमा विस्फोट । दर्जनौं कामदार घाइते ।

मुलुक डेस्क, वीरगंज । २०७८ भाद्र १०, बिहिवार वीरगंज–पथलैया औद्योगिक करिडोरमा भर्खरै सञ्चालनमा आएको सर्वोत्तम स्टीलको भट्टीमा विस्फोट हुँदा १२ जना भारतीय र अन्य कामदार घाइते भएका छन् । दिउँसो पौने १ बजेको समयमा फलाम गलाउने भट्टी पड्किँदा फलामको तरल पदार्थ उछिटिएर कामदारको जिउमा छ्यापिँदा १२ कामदार घाइते भएका हुन् । घाइतेमध्ये ७ जनाको अवस्था […]

एसिड प्रहारकर्ता साहलाई १० वर्ष ६ महिना कैद र ६ लाख ५० हजार जरिवाना ।

मुलुक डेस्क, जनकपुर । २०७८ भाद्र १०, बिहीवार एसिड पीडित आरती साहमाथि एसिड प्रहार गरेको घटनामा दोषी ठहर भएका उनकै श्रीमान संजिव साहलाई जिल्ला अदालत धनुषाले १० वर्ष ६ महिना कैद सजायँ तोकेको छ । पीडित आरतीको दोषी ठहर श्रीमान संजिव साहबाट ६ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनसमेत अदालतले आदेश दिएको छ । अदालतका […]