
मुलुक डेस्क, जनकपुर । २०७८ भाद्र १२, शनिवार
जानकी मन्दिर परिसरभित्र लगाइएको मुख्यमंत्री स्वछ्चता अभियानको नाममा प्रचार प्रसार मात्र गर्ने उद्देश्यले होर्डिङ बोर्ड र मुख्यमन्त्रीको फोटो सहितको पोस्टरलाई स्थानीय युवाहरूले च्यातेको छ् ।
हिन्दुहरुको आस्था र श्रद्धाको प्रतीक जानकी मन्दीर परिसरमा प्रचार प्रसारमा स्थानीयले रोक लगाएका हुन् । मुस्लिम मुख्यमन्त्रीको पोस्टर लगाई राजनिती गर्न खोजेको भन्दै युवामा आक्रोश थियो । जानकी मन्दिर परिसरलाई कुरुप पार्ने विरुद्ध जनकपुरका सचेत युवाहरु द्वारा उक्त पोस्टर हटाइएको छ।

अब उपरान्त जानकी मन्दिर लगायतको कुनै पनि धार्मिक पर्यटकिय स्थलमा अन्य विषयक प्रचार प्रसार सामाग्रि, बोर्ड, पर्चा र पम्पलेट लगाई फोहोर नगर्न आग्रह गरेको छ् । मुख्यमंत्री बेटी बचाऊ बेटी पढाउ अभियान सहितको अन्य सबै पोस्टरहरू हटाईएको छ् ।