संखुवासभामा हत्या काण्डका आरोपी लोकबहादुर कार्की सार्वजनिक ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २७, आइतवार प्रहरीले मादी नगरपालिका-१ खोलागाउँमा एकै परिवारका ६ जना हत्या गर्ने लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको छ । संखुवासभाको सदरमुकाम चैनपुरमा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत प्रहरीले अभियुक्त कार्कीलाई सार्वजनिक गर्न लागेको हो । व्यक्तिगत रिसइवीका कारण लोकबहादुरले सोमबार बिहान झिसमिसेमा १३ दिने दाजुभाइ खलकका ६ जनाको […]

महिला बेच्ने दुई महिला पक्राउ ।

मुलुक डेस्क, जनकपुर । २०७८ भाद्र २६, शनिवार सिरहा प्रहरीले मानव बेचबिखन तथा ओसारपोसारमा संलग्न रहेको आरोपमा दुई महिलालाई नियन्त्रणमा लिएको छ । १६ र १९ वर्षका दुई युवतीलाई भारततर्फ बेचविखनको लागि लाने क्रममा प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नरहा नगरपालिका ३ चोहर्वाबाट सप्तरी कञ्चनरुप नगरपालिका ११ बेङगरीकी २८ वर्षीया ललिता चौधरी र सिरहा धनगढिमाई नपा १ […]

मिथिलाञ्चलमा आज चौरचन ( चाैठीचाँन ) पर्व

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २५, शुक्रवार मिथिलाञ्चल क्षेत्रमा आज आस्था तथा निष्ठापूर्वक चौरचन पर्व मनाइँदै छ । मधेश क्षेत्रमा मनाइँने महत्वपूर्ण पर्वमध्ये एक हो चौरचन पर्व। भदौ शुक्ल चतुर्थीको दिन फलफुल लिएर चन्द्रमाको पूजा गर्दा विभिन्न प्रकारका कलंकबाट मुक्ति पाइने विश्वास रहेको छ। शुक्रवार जनकपुरसहित धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरीलगायतका जिल्ला तथा सीमावर्ती […]

पशुपतिनाथ मन्दिर आजबाट भक्तजनका लागि खुल्ला ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २५, शुक्रवार पशुपतिनाथको मूल मन्दिर आजबाट भक्तजनका लागि खुल्ला गरिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा बिहीबार क्षमा पूजा गरेपछि शुक्रबार बिहान ५ः३० बजेदेखि भक्तजनका लागि मन्दिर खुला गरिएको हो । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द […]

बालकुमारी मन्दिर पुनःनिर्माण हुँदै ।

मुलक डेस्क, ललितपुर । २०७८ भाद्र २३, बुधवार विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बालकुमारी मन्दिरको पुनःनिर्माण हुने भएको छ् ।  कुमारीलाई नजिकै रहेको सत्तलमा सारी मन्दिरको गजुर निकालेर माथिबाट भत्काउन थालिएको बालकुमारी मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष खड्गलाल महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकाले विनियोजन गरेको रु ५० लाख र जनश्रमदानबाट उठेको रु छ लाख गरी […]

निहारिका न्याय प्रकरण: अदालत आरोपितको बकपत्रको मिति सार्दै !

मुलुक डेस्क, जनकपुर । २०७८ भाद्र २२, मंगलवार निहारिका न्याय प्रकरणमा ढिलासुस्ती भएको जानकारी जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा स्वयं पीडित निहारिकाले बताएकी छिन् । साथै न्यायमा अन्योल नगर्न उनले डिएनए टेष्टकाे माग पनि जोडदार रुपले उठाएकि छिन । कलिलो उमेरमै आफुलाई ललाई फकाई करणी गरि एक सन्तानको कुमारी आमा बनाई फरार अभियुक्त शिवराज श्रेष्ठलाई अबिलम्ब […]

संखुवासभामा एकै परिवारका ६ जनाको विभत्स हत्या !

वीरेश राई, संखुवासभा । २०७८ भाद्र २१, सोमवार संखुवासभाको मादी नगरपालिका- १, उम्लिङको खोलागाउँमा एकै परिवारका ६ जना मृत फेला परेका छन् । उनीहरुको सामूहिक हत्या भएको हुनसक्ने स्थानीयहरुको भनाइ छ । साेमबार बिहान घटनाबारे थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । वडाध्यक्ष खेमनाथ कटुवालका अनुसार घटना भएको घरमा घरमुली ८० वर्षीय बौद्धमान कार्की […]

अविरल वर्षाले उपत्यकाका अधिकांस ठाउँ डुबानमा ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २१, सोमवार आइतबार रातिबाट परेको अविरल वर्षाका कारण उपत्यकाका विभिन्न स्थानमा गरि ३८२ घर डुबानमा परेको छ । प्रहरीले बाढीबाट प्रभावितको राति देखि नै उद्धार गर्दै आएको छ । करिब चार सय घर डुवानमा परेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । राठौरका अनुसार उद्धार […]

सरकारी गाडीः राज्यको ढुकुटी खाली गर्ने भरपर्दो माध्यम

अनुषा थापा, भक्तपुुर । २०७८ भाद्र २०, आइतवार सबैलाई थाहा नै भएको कुरा सबभन्दा सजिलो र सुरक्षित जागिर सरकारी जागिर नै हो । काम गरुञ्जेल तलबभत्ता दुवै खान पाइने, जागिरबाट रिटायर भइसके पछि पनि पेन्सन आउने । जागिरबाट बर्खास्त भएपनि घर बसी खुट्टा पसारेर खान पुग्ने जति पेन्सन आँउछ । नेपालमा अधिकांश मानिसहरु सरकारी जागिर […]

बिहेको प्रलोभन दिई गर्भवती बनाइ केटा फरार । बच्चा सहित गर्भवतीको बिजोग !

धर्मेन्द्र कुमार यादव, महोत्तरी । २०७८ भाद्र २०, आइतवार ललाइ फकाइ बिहेको प्रलोभन दिई करिब एक बर्ष सम्म यौन शोषण पश्चात् केटी गर्भवती भए पछी केटा फरार भएका छन। सिरहा जिल्ला निवासी १६ बर्षिय चम्पा (नाम परिवर्तन) लाई करिब एक बर्ष पहिले चकवा कल्यानपुर बस्ने संतोष साह सोनारले ललाइ फकाइ बिहेको झुठो प्रलोभन दिएर लगेका […]