मनरामा कलश यात्राको शोभा ।
राम अधार साह, महोत्तरी । २०७८ आश्विन २१, बिहीवार श्री दुर्गा पूजा समिति मनराद्वारा बडा दशैंको शुभ अवसरमा प्रत्येक वर्ष झै यो वर्ष पनि देशमा शान्ति एवं मानव कल्याणको कामना गर्दै शान्ति शोभा कलश यात्राको आयोजना गरेको छ् । एतिहासिक नगरी मनरामा शताब्दियौ देखि दुर्गा पूजाको अवसरमा मुर्ति बनाई पूजापाठ र मेला लाग्ने प्रचलन रहेको […]
महान चाड बडा दशैं सुरु ।
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २१, बिहीवार दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरी मनाइदैछ छ । पौराणिक मान्यता अनुसार दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्न आजबाट घरघरमा ९ दिनसम्म दुर्गा भवानीको आराधना गर्ने परम्परा रहेको छ । नवरात्रको पहिलो दिन आज घटस्थापना गरी शैलपुत्री देवीको पूजा आराधना गरिन्छ । दशैं घर वा […]
धनुषाको शहिदनगरमा जेष्ठ नागरिक सम्मानित् ।
राजन झा, जनकपुर । २०७८ आश्विन १६, शनिवार ३१ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा धनुषाको शहिदनगर नगरपालिकाको विभिन्न वडाबाट ९ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै जेष्ठ नागरिकहरुले आफ्नो छोरा समेतले कहिले नदिएको सम्मान नगर प्रमुखले दिएको भन्दै गौरवान्वित महसुस गरे । नगर प्रमुख उदय कुमार बरबरियाको प्रमुख […]
युवाको दुर्ब्यवहारका कारण एक युवतीद्वारा आत्महत्या ।
राजन झा, जनकपुर । २०७८ आश्विन १४, बिहिवार जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम देखि थोरै टाढा धनुषामा एक बालिकाले आत्महत्या गरेकी छिन् । धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ खजुरी टोल बस्ने १२ वर्षीया ममता कामतले बिष सेवन गरि आत्महत्या गरेकी हुन् । स्थानीय केही उदण्ड युवकहरुले उनलाई ट्यूसन पढेर […]
तिलाठी कोइलाडीको विपद् पोर्टलको उद्घाटन
मुलुक डेस्क, सप्तरी | २०७८ आश्विन १३, बुधवार तिलाठीकोइलाडी गाउँपालिकाको विपद् पोर्टलको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले एक कार्यक्रमबीच पोर्टलमा लगइन गरी उद्घाटन गरे । सक्षम परियोजना अन्तर्गत तिलाठी कोइलाडी गाउँपालिका, कोशी पीडित समाज र युथ इनोभेशन ल्याबको समन्वय तथा सहकार्यमा गाउँपालिकाको विपद् पोर्टल तयार गरिएको हो […]
धनुषाको औरहीमा जितिया मेला सुरु ।
राजन झा, जनकपुर । २०७८ आश्विन १३, बुधवार जनकपुरधाम । धनुषाको औरही गाउँपालिकामा जितिया मेला भब्यताका साथ सुरु भएको छ । एक समारोहबीच पूर्वमन्त्री एवं लोसपा नेता उमाशंकर अरगरियाले मेलाको उद्घाटन गरेका हुन् । दुई दिनसम्म चल्ने जितिया मेला उद्घाटन समारोहको विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष मिरा सहनी रहेकी थिइन् । यस्तै वडाध्यक्ष प्रमेशवर मण्डल, शिबनाथ […]
उत्कृष्ट सूचना अभियन्ता पुरस्कारले महतो सम्मानित ।
बद्री नाथ झा, जनकपुर । २०७८ आश्विन १२, मंगलवार झण्डै एक दशकदेखि सूचना अभियन्ताका रूपमा समेत सक्रिय पत्रकार शैलेन्द्र महतोलाई राष्ट्रिय सूचना आयोगले पुरस्कारद्वारा सम्मानित गरेको छ। जनकपुरमा सूचना अभियन्ताका रूपमा क्रियाशील पत्रकार महतोलाई आयोगले अन्तर्राष्ट्रिय सूचना दिवसका अवसरमा मंगलबार ३५ हजार रुपैयाँ राशिको ‘विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार–२०७८’ प्रदान गरेको हो। राष्ट्रिय सभाका अध्यक्ष […]
महोत्तरीको ५ स्थानिय तहमा मैत्री समाजद्वारा राहत बितरण
बद्री नाथ झा, जनकपुर । २०७८ आश्विन १२, मंगलवार महोत्तरी : नेपाल भारत महिला मैत्री समाजले महोत्तरी जिल्लाको विभिन्न ५ स्थानीय तहमा राहत बितरण गरेको छ । भारत सरकारबाट प्राप्त सहयोग नेपाल भारत महिला मैत्री समाजले एक कार्यक्रमकोबीच उक्त स्थानीय तहका करिव एक सय बाढीपहिरो पीडित घर परिवारलाई राहत बितरण गरिएको हो । मटिहानी, बलबा, […]
जनकपुरको कपडा पसलमा भिषण आगलागी ।
राजन झा, जनकपुर । २०७८ आश्विन १२, मंगलवार जनकपुरधामको अस्पताल रोडस्तिथ एक कपडा पसलमा भिषण आगलागी भएको छ । रामानन्द चौकबाट प्रादेशिक अस्पताल जाने बाटोमा रहेको महारानी वस्त्रालयमा करिब १२ बजेतिर आगलागी भएको हो । विद्युत सर्ट भएर आगीलागी भएको पसल संचालकको एक जना आफन्तको भनाई छ । आगलागीबाट पसलमा रहेको सम्पूर्ण कपडा जलेर नष्ट […]
प्रदेश २ मा जितिया पर्वमा सार्वजनिक विदा ।
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ११, सोमवार जितिया पर्वको अवसरमा प्रदेश २ सरकारले असोज १३ गते बुधवार महिलाहरुका लागि सार्वजनिक विदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले आज शुभकामना सन्देश जारी गर्दै सार्वजनिक विदाबारे जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘प्रदेश सरकारले जितिया पर्व मनाउने महिलाहरुका लागि असोज १३ गते विदा समेत दिएको […]